तातोपानी नाकामा कोरोना हेल्थ डेस्क स्थापना
चीनमा फैलिएको नोवल कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन उत्तरी नाको तातोपानीमा हेल्थ डेस्क स्थापना गरिएको छ । भोटेकोशी गाउँपालिकासँग समन्वय गरी स्थानीयवासीमा जनचेतना जगाउने उद्देश्यले प्रचारप्रसार गर्नुका साथै हेल्थ डेस्क स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिनुभयो । डेस्कमा स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको र कोरोना भाइरसको लक्ष्यण देखिएमा बिरामीलाई तत्काल काठमाडौ अस्पतालमा पठाइने व्यवस्था मिलाइएको जिल्ला जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंले बताउनुभयो । तिब्बती भूभागमा हाल हिमपात भई सडक बन्द भएको र ल्होछार पर्वसमेत परेकाले एक सातादेखि चीनबाट सामान आयात बन्द गरिएको तातोपानी भन्सार कार्यालयका सूचना अधिकारी केशव वलीले जानकारी दिनुभयो । अध्यागमन कार्यालयका अनुसार खासा क्षेत्रमा शुरुदेखि नै चिनियाँ चिकित्सकबाट स्वास्थ्य परीक्षण गरी सामान्य ज्वरो आएका व्यक्तिलाई पनि नेपाल प्रवेशमा रोक लगाउँदै आएको छ । विसं २०७२ को भूकम्पबाट बन्द रहेको नाका गत जेठ १५ गते पुनः सञ्चालनमा आएको थियो । एक दिने पासको व्यवस्था भए पनि नेपाली कामदालाई चिनियाँ पक्षले खासाभन्दा माथि प्रवेश निषेध गरेको छ । त्यहाँ जाँदा पनि बिहान गएर अपराह्न ३ बजे पुनः फर्कनुपर्ने बाध्यकारी नियम लागू गरेको अध्यागमन कार्यालयले जनाएको छ । –––
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस