उपचार पछि १३९ जना काेराेना भाइरस संक्रमित घर फर्के
कोरोना भाइरस संक्रमणबाट विरामी भएका १३९ जना ठिक भएर घर फर्केका छन् । चीनमा महामारीको रुपमा फैलँदै गरेको नोवल कोरोना भाइरसका संक्रमण भएका मध्ये १३९ जना उपचार पछि घर फर्केका हुन् । हाल सम्म चीनमा कोरोना भाइरसबाट संक्रमितको संख्या ७८३० पुगेको छ । भाइरस संक्रमित मध्ये हाल सम्म १७० जनाले ज्यान गुमाएका छन् । हिजो सम्म १३२ जनाको मृत्यु भएकोमा थप ३८ जनाको ज्यान गए पछि प्राणघातक नोवल कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १७० पुगेको हो । चीन संगै कोरोना भाइरसको संक्रमण १६ देशमा फैलिएको छ ।
कोरोना भाइरसको संक्रमण श्रीलंका,कम्बोडिया,नेपाल, थाईल्याण्ड,अमेरिकामा, जापानमा , दक्षिण कोरिया, मलेसिया, फ्रान्स,अष्ट्रेलिया, क्यानडा, सिंगापुर,भियतनाम भातर फिलिपिन्स र जर्मनीमा समेत फैलिएको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस