रसुवामा एक महिलामा कोरोनाभाइरस संक्रमणको आशंका
रसुवामा एक महिलामा कोरोनाभाइरसको संक्रमण भएको आशंका गरिएको छ । चीनको केरुङबाट फर्किएकी एक महिलामा कोरोनाभाइरस संक्रमण भएको आशंका गरेको हो ।माघ पहिलो साता केरुङबाट फर्किएकी २४ वर्षीया ती महिलाको अहिले जिल्ला अस्पताल रसुवामा उपचार भइरहेको पनि अस्पतालले जनाएको छ । कोरोनाभाइरस संक्रमण भएको आशंकामा उनलाई छुट्टै स्थानमा राखेर उपचार गरिएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अनिलकुमार खरेलले जानकारी दिएका छन् ।रसुवागढी नाकाबाट अहिले आवत–जावत बन्द गरिएको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस