कोरोनाका कारण विश्वभरी चिनियाँ नागरिकप्रति विभेद हुन थाल्याे
एजेन्सी । चीनमा कोरोना भाइरसको संक्रमणबाट २१३ जनाको मृत्यु र ९ हजार भन्दा बढि मानिसमा संक्रमणको पुष्टि गरिएको छ। यो प्राण घातक भाइरस चीनको हुवान प्रान्तबाट सरेको कारणले गर्दा विश्वभरी चिनियाँ नागरिकप्रति विभेद हुन थालेको कुरा सामाजिक सञ्जालमा खुलासा हुदैछ ।
बिभिन्न देशमा लामो समयदेखि बसोबास गर्दै आएका चिनियाँ नागरिकहरुप्रति सरकार तथा आम नागरिकले नै हेर्ने दृष्टिकोण फरक भएको भन्दै यसको विरोध हुन थालेको हो ।
बेलायत र अन्य ठाउँमा चिनियाँ नागरिकलाई मात्र नभएर फ्रान्सेली एशियनहरूलाई पनि सार्वजनिक यातायात र सोशल मिडियामा दुर्व्यवहार गरेको गुनासो छ।
हरेक देशको विमानस्थलमा चिनियाँ नागरिकलाई विशेष निगरानी राख्ने मात्रै होइन लामो समयदेखि विदेशमा बस्दै आएका चिनियाँहरुको अपमान भएको भन्दै सामाजिक संजालमा आक्रोश पोखिएको हो ।
अष्ट्रेलियामा लामो समयदेखि स्वास्थ्य सेवा दिँदै आएकी डा। रिहिया लियाङले आफूसँग विरामीहरुले समेत हात मिलाउन छोडेको भन्दै आक्रोश पोखेकी छिन् । क्विन्सल्याण्ड गोल्ड कोष्ट अस्पतालकी ब्रेस्ट सर्जनको डा। लियाङले भनेकी छिन् ‘आजका विरामीहरुले कोरोनाभाइरसको कारण म सँग हात नमिलाएर मेरो खिल्ली उडाए । त्यो पनि मेरो सहकर्मी सामु ।’
‘मैले अष्ट्रेलिया छोडेकी छैन । यो समझदार सार्वजनिक स्वास्थ्य सावधानी होइन । यो विभेद हो ।’
त्यस्तै, डा। नादिया अलामाले पनि आफ्नो छोरालाई स्कुलले आधा चाइनिज भएको कारणले तर्साएर कोरोना भाइरसको परिक्षण गरेको बताएका छिन्, उनले आफ्नो छोरालाई पछ्याउँदै, तर्साउँदै र रुवाउँदै टेस्ट गरेको र आफूले पनि छोराको उमेरमा पाकिस्तानी भएको कारण पीडा भोग्नु परेको तितो यथार्थ पोखेकी छिन् ।’
क्याटेगोरी : कोरोना अपडेट, प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस