कोरोनाका कारण विश्वभरी चिनियाँ नागरिकप्रति विभेद हुन थाल्याे

एजेन्सी । चीनमा कोरोना भाइरसको संक्रमणबाट २१३ जनाको मृत्यु र ९ हजार भन्दा बढि मानिसमा संक्रमणको पुष्टि गरिएको छ। यो प्राण घातक भाइरस चीनको हुवान प्रान्तबाट सरेको कारणले गर्दा विश्वभरी चिनियाँ नागरिकप्रति विभेद हुन थालेको कुरा सामाजिक सञ्जालमा खुलासा हुदैछ ।
बिभिन्न देशमा लामो समयदेखि बसोबास गर्दै आएका चिनियाँ नागरिकहरुप्रति सरकार तथा आम नागरिकले नै हेर्ने दृष्टिकोण फरक भएको भन्दै यसको विरोध हुन थालेको हो ।
बेलायत र अन्य ठाउँमा चिनियाँ नागरिकलाई मात्र नभएर फ्रान्सेली एशियनहरूलाई पनि सार्वजनिक यातायात र सोशल मिडियामा दुर्व्यवहार गरेको गुनासो छ।
हरेक देशको विमानस्थलमा चिनियाँ नागरिकलाई विशेष निगरानी राख्ने मात्रै होइन लामो समयदेखि विदेशमा बस्दै आएका चिनियाँहरुको अपमान भएको भन्दै सामाजिक संजालमा आक्रोश पोखिएको हो ।
अष्ट्रेलियामा लामो समयदेखि स्वास्थ्य सेवा दिँदै आएकी डा। रिहिया लियाङले आफूसँग विरामीहरुले समेत हात मिलाउन छोडेको भन्दै आक्रोश पोखेकी छिन् । क्विन्सल्याण्ड गोल्ड कोष्ट अस्पतालकी ब्रेस्ट सर्जनको डा। लियाङले भनेकी छिन् ‘आजका विरामीहरुले कोरोनाभाइरसको कारण म सँग हात नमिलाएर मेरो खिल्ली उडाए । त्यो पनि मेरो सहकर्मी सामु ।’
‘मैले अष्ट्रेलिया छोडेकी छैन । यो समझदार सार्वजनिक स्वास्थ्य सावधानी होइन । यो विभेद हो ।’
त्यस्तै, डा। नादिया अलामाले पनि आफ्नो छोरालाई स्कुलले आधा चाइनिज भएको कारणले तर्साएर कोरोना भाइरसको परिक्षण गरेको बताएका छिन्, उनले आफ्नो छोरालाई पछ्याउँदै, तर्साउँदै र रुवाउँदै टेस्ट गरेको र आफूले पनि छोराको उमेरमा पाकिस्तानी भएको कारण पीडा भोग्नु परेको तितो यथार्थ पोखेकी छिन् ।’
क्याटेगोरी : कोरोना अपडेट, प्रवास
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस