चीनको वुहानमा बीच सडकमै एक ब्यक्तिको शव फेला

कोरोना भाइरसको महामारीफैलिरहँदा चीनको वुहानको बीच सडकमै एक ब्यक्तिको शव भेटिएको छ । मुखमा मास्क र हातमा प्लास्टिकको झोला समातेकै अवस्थामा शव भेटिएको हो।
बिहीबार वुहानको खुला सडकमा एक जना व्यक्तिको शव भेटिएको हो । सडकमा शव भेटिएपछि ती व्यक्तिको नजिक जाने हिम्मत कसैले गरेनन्। उनी झन्डै ६० वर्षका देखिने एएफपीले जनाएको छ। शवको नजिकै उभिएकी एक महिलाले ती पुरुषको मृत्यु कोरोना भाइरसकै कारण भएको हुन सक्ने बताइन्। ‘डरलाग्दो अवस्था छ। उनको शव रहेको ठाउँमा फोरेन्सिक टिमले केही स्प्रे छर्यो। कर्मचारीले सडक सफा गरे। केही समयपछि एउटा सेतो भ्यान आएर पहेँलो ‘सर्जिकल ब्याग’मा शव उठाएर लगेको थियो।
एएफपीले ती व्यक्तिको मृत्यु कसरी भयो भन्नेबारे केही पुष्टि नभएको बताएको छ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- २ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ३ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ४ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ५ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- ६ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ७ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ८ मह र लसुनबाट हुने फाइदाहरु
प्रतिक्रिया दिनुहोस