चीनको वुहानमा बीच सडकमै एक ब्यक्तिको शव फेला
कोरोना भाइरसको महामारीफैलिरहँदा चीनको वुहानको बीच सडकमै एक ब्यक्तिको शव भेटिएको छ । मुखमा मास्क र हातमा प्लास्टिकको झोला समातेकै अवस्थामा शव भेटिएको हो।
बिहीबार वुहानको खुला सडकमा एक जना व्यक्तिको शव भेटिएको हो । सडकमा शव भेटिएपछि ती व्यक्तिको नजिक जाने हिम्मत कसैले गरेनन्। उनी झन्डै ६० वर्षका देखिने एएफपीले जनाएको छ। शवको नजिकै उभिएकी एक महिलाले ती पुरुषको मृत्यु कोरोना भाइरसकै कारण भएको हुन सक्ने बताइन्। ‘डरलाग्दो अवस्था छ। उनको शव रहेको ठाउँमा फोरेन्सिक टिमले केही स्प्रे छर्यो। कर्मचारीले सडक सफा गरे। केही समयपछि एउटा सेतो भ्यान आएर पहेँलो ‘सर्जिकल ब्याग’मा शव उठाएर लगेको थियो।
एएफपीले ती व्यक्तिको मृत्यु कसरी भयो भन्नेबारे केही पुष्टि नभएको बताएको छ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस