कोरोनाको प्रकाेपबाट ज्यान गुमाउनेको संख्या २५९ पुग्याे, २५ देशका ११,७९१ मा संक्रमण

कोरोना भाइरसको प्रकाेपबाट ज्यान गुमाउनेको संख्या २५९ जना पुगेको छ । विश्वका २ दर्जन देशमा फैलिसकेको यो भाईरसका कारण हिजो ४६ जनाको मृत्यु भएको हो । यसै गरी नोवल कोरोना भाइरस संक्रमितको संख्या ११७९१ पुगेको छ । भाइरस संक्रमित मध्ये २५९ जना उपचार पछि घर फर्केका छन् ।चीन बाट सुरु भएको प्राणघातक कोरोना भाइरस २५ देशमा फैलिएको छ । चीन बाहेक सबै भन्दा बढी थाइल्याण्डमा १९ जनामा संक्रमण देखिएको हो ।यसै गरी तेस्रोमा सिंगापुरमा १६ जनामा संक्रमण पाईएको हो । त्यस्तै जापानमा १५ जना, हङकङमा १२ जनामा संक्रमण पाईएको छ । संक्रमण हुने अन्य देश हरुमा दक्षिण कोरियामा ११ जना, ताइवानमा ९ जना, अष्ट्रेलियामा ९ जना, मलेसियामा ८ जना ,मकाउमा ७ जना, युएसएमा ६ जना, फ्रान्समा ६ जनामा संक्रमण भेटिएको पुष्टी भएको छ ।
यस्तै भियतनाम र जर्मनीमा ५- ५ जना, युएइमा ४ जनामा, क्यानडामा ३ जनामा संक्रमण भएको पाईएको छ ।
यसैगरी इटली युके, रुसमा २-२ जनामा, भारत, फिनल्याण्ड,श्रीलंका, फिलिपिन्स, नेपाल र कम्बोडियामा १-१ जनामा पाईएको पुष्टी भएको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस