कोरोनाको प्रकाेपबाट ज्यान गुमाउनेको संख्या २५९ पुग्याे, २५ देशका ११,७९१ मा संक्रमण
कोरोना भाइरसको प्रकाेपबाट ज्यान गुमाउनेको संख्या २५९ जना पुगेको छ । विश्वका २ दर्जन देशमा फैलिसकेको यो भाईरसका कारण हिजो ४६ जनाको मृत्यु भएको हो । यसै गरी नोवल कोरोना भाइरस संक्रमितको संख्या ११७९१ पुगेको छ । भाइरस संक्रमित मध्ये २५९ जना उपचार पछि घर फर्केका छन् ।चीन बाट सुरु भएको प्राणघातक कोरोना भाइरस २५ देशमा फैलिएको छ । चीन बाहेक सबै भन्दा बढी थाइल्याण्डमा १९ जनामा संक्रमण देखिएको हो ।यसै गरी तेस्रोमा सिंगापुरमा १६ जनामा संक्रमण पाईएको हो । त्यस्तै जापानमा १५ जना, हङकङमा १२ जनामा संक्रमण पाईएको छ । संक्रमण हुने अन्य देश हरुमा दक्षिण कोरियामा ११ जना, ताइवानमा ९ जना, अष्ट्रेलियामा ९ जना, मलेसियामा ८ जना ,मकाउमा ७ जना, युएसएमा ६ जना, फ्रान्समा ६ जनामा संक्रमण भेटिएको पुष्टी भएको छ ।
यस्तै भियतनाम र जर्मनीमा ५- ५ जना, युएइमा ४ जनामा, क्यानडामा ३ जनामा संक्रमण भएको पाईएको छ ।
यसैगरी इटली युके, रुसमा २-२ जनामा, भारत, फिनल्याण्ड,श्रीलंका, फिलिपिन्स, नेपाल र कम्बोडियामा १-१ जनामा पाईएको पुष्टी भएको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस