भारतले वुहानमा फसेका ३२४ आफ्ना नागरिकलाई शनिबार फिर्ता ल्यायो

कोरोना भाइरसको प्रकोपबाट ज्यान गुमाउनेको संख्या २५९ जना पुगेको छ । विश्वका २ दर्जन देशमा फैलिसकेको यो भाईरसका कारण हिजो ४६ जनाको मृत्यु भएको हो । विश्वभर यस भाइरस संक्रमणले गम्भिर रुप लिइरहदाँमा भारतले चीनको वुहानमा फसेका आफ्ना नागरिकलाई सकुसल फिर्ता ल्याएकोछ ।
एयर इण्डियाको जम्बो बी ७४७ विमान शनिबारको बिहान वुहान एयरपोर्टबाट दिल्लीमा ७ बजेर ३० मिनेटमा उत्रियो । उत्त विमानले छिमेकी देश चीनमा फसेका ३२४ भारतीय नागरिकलाई फिर्ता ल्यायो । फर्किएकामध्ये अधिकाशं वुहानमा बसेर अध्ययन गर्ने विद्यार्थी छन् ।
उक्त उडान शुक्रबार दिउँसो १:१७ बजे दिल्ली एयरपोर्टबाट वुहान तर्फ उडेको थियो । वुहानबाट ल्याएका सबै भारतीयलाई सैन्य चिकित्सा सेवा र विमानस्थलको स्वास्थ्य निकायले जाँच गर्नेछ ।
यदी कसैलाई कोरोना भाइरस लक्षण भेटिएमा तिनलाई हरियाणाको मानेसरको शिविरमा लगिनेछ । सेनाले चीनबाट फर्काइएका भारतीयमा कोरोनाभाइरस देखिएहरुमा अलग्याएर उपचार गर्नको लागि उक्त शिविर बनाएको हो ।
मानेसरको शिविरमा ३०० व्यक्तिको उपचार गर्न सकिने हिसाबले बनाइउको छ ।

क्याटेगोरी : कोरोना अपडेट, प्रवास
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस