भारतले वुहानमा फसेका ३२४ आफ्ना नागरिकलाई शनिबार फिर्ता ल्यायो
कोरोना भाइरसको प्रकोपबाट ज्यान गुमाउनेको संख्या २५९ जना पुगेको छ । विश्वका २ दर्जन देशमा फैलिसकेको यो भाईरसका कारण हिजो ४६ जनाको मृत्यु भएको हो । विश्वभर यस भाइरस संक्रमणले गम्भिर रुप लिइरहदाँमा भारतले चीनको वुहानमा फसेका आफ्ना नागरिकलाई सकुसल फिर्ता ल्याएकोछ ।
एयर इण्डियाको जम्बो बी ७४७ विमान शनिबारको बिहान वुहान एयरपोर्टबाट दिल्लीमा ७ बजेर ३० मिनेटमा उत्रियो । उत्त विमानले छिमेकी देश चीनमा फसेका ३२४ भारतीय नागरिकलाई फिर्ता ल्यायो । फर्किएकामध्ये अधिकाशं वुहानमा बसेर अध्ययन गर्ने विद्यार्थी छन् ।
उक्त उडान शुक्रबार दिउँसो १:१७ बजे दिल्ली एयरपोर्टबाट वुहान तर्फ उडेको थियो । वुहानबाट ल्याएका सबै भारतीयलाई सैन्य चिकित्सा सेवा र विमानस्थलको स्वास्थ्य निकायले जाँच गर्नेछ ।
यदी कसैलाई कोरोना भाइरस लक्षण भेटिएमा तिनलाई हरियाणाको मानेसरको शिविरमा लगिनेछ । सेनाले चीनबाट फर्काइएका भारतीयमा कोरोनाभाइरस देखिएहरुमा अलग्याएर उपचार गर्नको लागि उक्त शिविर बनाएको हो ।
मानेसरको शिविरमा ३०० व्यक्तिको उपचार गर्न सकिने हिसाबले बनाइउको छ ।

क्याटेगोरी : कोरोना अपडेट, प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस