नोवल कोरोना भाइरसबाट ३०४ जनाको ज्यान गयाे, २७ देशका १४,४११ जना संक्रमित
चीनबाट महामारीको रुपमा सुरु भएको नोवल कोरोना भाइरसबाट ज्यान गुमाउनेको सख्या ३०४ पुगेको छ । हिजो शनिबार मात्रै थप ४५ जनाको ज्यान गएको हो । याे संगै कोराना भाइरसबाट संक्रमण हुनेको संख्या १४४११ पुगेको छ । यसै गरी ३३० जना संक्रमित ठिक भएर घर फर्केको बताइएको छ । २७ देशमा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।
चीन बाहेक सबै भन्दा बढी थाइल्याण्डमा १९ जनामा संक्रमण देखिएको हो ।यसै गरी सिंगापुरमा १६ जनामा संक्रमण पाईएको हो । त्यस्तै जापानमा १७ जना, हङकङमा १३ जनामा संक्रमण पाईएको छ । संक्रमण हुने अन्य देश हरुमा दक्षिण कोरियामा १० जना, ताइवानमा १० जना, अष्ट्रेलियामा ९ जना, मलेसियामा ९ जना ,मकाउमा ७ जना, युएसएमा ७ जना, फ्रान्समा ६ जनामा संक्रमण भेटिएको पुष्टी भएको छ ।
यस्तै भियतनाममा ५ जना र जर्मनीमा ७ जना, युएइमा ४ जना, क्यानडामा ४ जनामा संक्रमण भएको पाईएको छ ।
यसैगरी इटली युके, रुसमा २-२ जनामा, भारत, फिनल्याण्ड,श्रीलंका, फिलिपिन्स, नेपाल स्पेन , स्विडेन र कम्बोडियामा १-१ जनामा पाईएको पुष्टी भएको छ ।
क्याटेगोरी : कोरोना अपडेट
प्रतिक्रिया दिनुहोस