• जीवनशैली | Jiwanshaili
  • कोरोनाभाइरससँग लड्न चीनले १० दिनमा तयार ग¥यो नयाँ अस्पताल, आजबाट सञ्चालनमा आउने


    मध्य चीनको हुबेई प्रान्तको कोरोना भाइरस प्रकोप केन्द्रबिन्दु वुहानमा भाइरसको बिरूद्ध लड्न चीनले १० दिनमा एक अस्थायी अस्पताल निर्माण गरेको छ। तयार अस्पताल आजबाट सञ्चालनमा आउने भएको छ ।

    चिनियाँ सरकारी सञ्चारमाध्यमहरूका अनुसार, अस्पतालको सम्पूर्ण निर्माण कार्य पूरा भएको छ । अस्पताल बिरामीको उपचारका लागि तयार छ ।

    संक्रमितको उपचारमा अनुभव हासिल गरिसकेका १४०० सैनिक मेडिकल स्टाफ आज सोमबार नयाँ अस्पतालमा आइपुगेका छन्। यिनैले नयाँ अस्पतालसँगै अन्य क्षेत्रका बिरामीको उपचार गर्ने जिम्मा पाएका छन्।

    १,००० ओछ्यानको क्षमता भएको यस अस्पतालको क्षेत्रफल २५,००० वर्ग मिटर (२६९,००० वर्ग फुट) छ ।

    त्यस्तै, कोरोना भाइरस संक्रमितको उपचारका लागि दोस्रो अस्पताल पनि द्रुत गतिमा निर्माण भइरहेको छ । दोस्रो अर्को अस्पतालको निर्माण बुधबारसम्ममा सम्पन्न भइसक्नेछ ।


    क्याटेगोरी : कोरोना अपडेट, प्रवास

    प्रतिक्रिया दिनुहोस