साेमबार मात्रै ६४ जनाकाे मृत्यु, कोरोना भाइरसबाट ज्यान गुमाउनेको सख्या ४२५ पुग्याे
चीनबाट महामारीको रुपमा सुरु भएको नोवल कोरोना भाइरसबाट ज्यान गुमाउनेको सख्या ४२५ पुगेको छ । हिजो सोम वार मात्रै थप ६४ जनाको ज्यान गएको हो । यो संगै कोराना भाइरसबाट संक्रमण हुनेको संख्या २०,४३८ पुगेको छ । यसै गरी ६३२ जना संक्रमित ठिक भएर घर फर्केको बताइएको छ । २७ देशमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । मंगलबार ३२३५ जनामा संक्रमण भेटिएको हो ।
चीन बाहेक सबै भन्दा बढी थाइल्याण्डमा १९ जनामा संक्रमण देखिएको हो ।यसै गरी सिंगापुरमा १६ जनामा संक्रमण पाईएको हो । त्यस्तै जापानमा १७ जना, हङकङमा १५ जनामा संक्रमण पाईएको छ । संक्रमण हुने अन्य देश हरुमा दक्षिण कोरियामा १० जना, ताइवानमा १० जना, अष्ट्रेलियामा ९ जना, मलेसियामा ९ जना ,मकाउमा ८ जना, युएसएमा ७ जना, फ्रान्समा ६ जनामा संक्रमण भेटिएको पुष्टी भएको छ ।
यस्तै भियतनाममा ५ जना र जर्मनीमा ७ जना, युएइमा ४ जना, क्यानडामा ४ जनामा संक्रमण भएको पाईएको छ ।
यसैगरी इटली, युके र रुसमा २-२ जनामा, भारत, फिनल्याण्ड,श्रीलंका, फिलिपिन्स, नेपाल, स्पेन , स्विडेन र कम्बोडियामा १-१ जनामा पाईएको पुष्टी भएको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस