• जीवनशैली | Jiwanshaili
  • साेमबार मात्रै ६४ जनाकाे मृत्यु, कोरोना भाइरसबाट ज्यान गुमाउनेको सख्या ४२५ पुग्याे


    चीनबाट महामारीको रुपमा सुरु भएको नोवल कोरोना भाइरसबाट ज्यान गुमाउनेको सख्या ४२५ पुगेको छ । हिजो सोम वार मात्रै थप ६४ जनाको ज्यान गएको हो । यो संगै कोराना भाइरसबाट संक्रमण हुनेको संख्या २०,४३८ पुगेको छ । यसै गरी ६३२ जना संक्रमित ठिक भएर घर फर्केको बताइएको छ । २७ देशमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । मंगलबार ३२३५ जनामा संक्रमण भेटिएको हो ।

    चीन बाहेक सबै भन्दा बढी थाइल्याण्डमा १९ जनामा संक्रमण देखिएको हो ।यसै गरी सिंगापुरमा १६ जनामा संक्रमण पाईएको हो । त्यस्तै जापानमा १७ जना, हङकङमा १५ जनामा संक्रमण पाईएको छ । संक्रमण हुने अन्य देश हरुमा दक्षिण कोरियामा १० जना, ताइवानमा १० जना, अष्ट्रेलियामा ९ जना, मलेसियामा ९ जना ,मकाउमा ८ जना, युएसएमा ७ जना, फ्रान्समा ६ जनामा संक्रमण भेटिएको पुष्टी भएको छ ।
    यस्तै भियतनाममा ५ जना र जर्मनीमा ७ जना, युएइमा ४ जना, क्यानडामा ४ जनामा संक्रमण भएको पाईएको छ ।
    यसैगरी इटली, युके र रुसमा २-२ जनामा, भारत, फिनल्याण्ड,श्रीलंका, फिलिपिन्स, नेपाल, स्पेन , स्विडेन र कम्बोडियामा १-१ जनामा पाईएको पुष्टी भएको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस