चीनले ग¥यो यस्तो कडा घोषणा, प्रत्येक घरको एक व्यक्ति मात्र बाहिर जाने
चीनबाट महामारीको रुपमा सुरु भएको नोवल कोरोना भाइरसबाट ज्यान गुमाउनेको सख्या ४२५ पुगेको छ । चीनले आज आफ्नो कोरोनाभाइरस साबधानी क्षेत्र थप करीव १०० माईलको दूरीमा विस्तार गरेको छ र अझै १२ मिलियन मानिस अहिले घरमा थुनिएकाछन्।
ताईझाउ, हङ्गजाउ र नीङ्गबो शहरका लाखौं बासिन्दाहरूलाई प्रत्येक घरको एक जना मानिस मात्र दुई दिनमा बाहिर सामान किन्न जाने अनुमति छ ।
ताईझाउका व्यक्तिहरूले प्रत्येक पटक बाहिर आउदा आईडी प्रस्तुत गर्नुपर्नेछ । शहरमा रेल सेवाहरू निलम्बित गरिएको छ।
धेरै हङ्गजाउका बासिन्दाहरूलाई पनि फेस मास्क लगाउन आदेश गरिएको छ । भाइरसको फैलावट रोक्नको लागि तापक्रम जाँच गरिन्छ।
रेलमार्फत शहर आइपुगेपछि यात्रुहरूले आफ्नो शरीरको तापक्रम जाँच गर्नुपर्छ। शहरले भाइरसको फैलावट रोक्न यस्तो कडा नयाँ प्रतिबन्धको घोषणा गरेको हो ।
हङ्गजाउ शंघाईबाट ११० माईल मात्र टाढा छ र शहरमा हालसम्म २०० कोरोनाभाइरसका केसहरू रिपोर्ट गरिएको छ जसमा एक जनाको मृत्यु पनि समावेश छ।
क्याटेगोरी : कोरोना अपडेट, प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस