काेराेना भाइरसकाे संक्रमण २८ देशमा,४२६ काे प्राण लियाे
चीन बाट सुरु भएको कोरोना भाइरसको प्रकोप बेल्जियम सम्म पुगेको छ । आइतबार चीनको वुहान बाट फर्किएका ९ मध्ये एक जनामा नोवल कोरोना भाईरसको संक्रमण भेटिएको हो । बेल्जियमको स्वास्थ्य निकायले मंगलबार एक जनामा भाइरस भेटिएको पुष्टि गरेको हो । यो संगै कोरोना भाइरस २८ देशमा फैलिएको छ । चीनमा ४२५ जनाको ज्यान गइसकेको छ भने हङकङ र फिलिपिन्समा १- १ जनाको मृत्यु भइसकेको छ । चीनमा महामारीको रूपमा फैलिएको नोवल कोरोना भाइरसका कारण ४२६ जनाको ज्यान गई सकेको छ । भने सङ्क्रमितको सङ्ख्या २०,४३८ पुगेको छ । यसै गरी ६३२ जना सङ्क्रमित ठिक भएर घर फर्केको बताइएको छ ।
चीन बाहेक सबै भन्दा बढी थाइल्याण्डमा १९ जनामा संक्रमण देखिएको हो ।यसै गरी सिंगापुरमा १६ जनामा संक्रमण पाईएको हो । त्यस्तै जापानमा १७ जना, हङकङमा १३ जनामा संक्रमण पाईएको छ । संक्रमण हुने अन्य देश हरुमा दक्षिण कोरियामा १० जना, ताइवानमा १० जना, अष्ट्रेलियामा ९ जना, मलेसियामा ९ जना ,मकाउमा ७ जना, युएसएमा ७ जना, फ्रान्समा ६ जनामा संक्रमण भेटिएको पुष्टी भएको छ ।
यस्तै भियतनाममा ५ जना र जर्मनीमा ७ जना, युएइमा ४ जना, क्यानडामा ४ जनामा संक्रमण भएको पाईएको छ ।
यसैगरी इटली युके, रुसमा २-२ जनामा, भारत, फिनल्याण्ड,श्रीलंका, फिलिपिन्स, नेपाल स्पेन , स्विडेन र कम्बोडियामा १-१ जनामा पाईएको पुष्टी भएको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस