• जीवनशैली | Jiwanshaili
  • मंगलबार थप ६५ जनाको मृत्यु, कोरोना भाइरसबाट ज्यान गुमाउनेको सख्या ४९० पुग्यो



    चीनबाट महामारीको रुपमा सुरु भएको नोवल कोरोना भाइरसबाट ज्यान गुमाउनेको सख्या ४९० पुगेको छ । हिजो मंगलबार मात्रै थप ६५ जनाको ज्यान गएको हो । यो संगै कोराना भाइरसबाट संक्रमितको संख्या २४ हजार ३२४ पुगेको छ । यसै गरी ८९२ जना संक्रमित ठिक भएर घर फर्केको बताइएको छ । २८ देशमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । चीन बाट सुरु भएको कोरोना भाइरसको प्रकोप बेल्जियम सम्म पुगेको छ । आइतबार चीनको वुहान बाट फर्किएका ९ मध्ये एक जनामा नोवल कोरोना भाईरसको संक्रमण भेटिएको हो । बेल्जियमको स्वास्थ्य निकायले मंगलबार एक जनामा भाइरस भेटिएको पुष्टि गरेको हो । यो संगै कोरोना भाइरस २८ देशमा फैलिएको छ । हङकङ र फिलिपिन्समा समेच १ -१ जनाको मृत्यु भइसकेको छ ।

    चीन बाहेक सबै भन्दा बढी थाइल्याण्डमा १९ जनामा संक्रमण देखिएको हो ।यसै गरी सिंगापुरमा १६ जनामा संक्रमण पाईएको हो । त्यस्तै जापानमा १७ जना, हङकङमा १५ जनामा संक्रमण पाईएको छ । संक्रमण हुने अन्य देश हरुमा दक्षिण कोरियामा १० जना, ताइवानमा १० जना, अष्ट्रेलियामा ९ जना, मलेसियामा ९ जना ,मकाउमा ८ जना, युएसएमा ७ जना, फ्रान्समा ६ जनामा संक्रमण भेटिएको पुष्टी भएको छ ।यस्तै भियतनाममा ५ जना र जर्मनीमा ७ जना, युएइमा ४ जना, क्यानडामा ४ जनामा संक्रमण भएको पाईएको छ ।यसैगरी इटली, युके र रुसमा २-२ जनामा, भारत, फिनल्याण्ड,श्रीलंका, फिलिपिन्स, नेपाल, स्पेन , बेल्जियम ,स्विडेन र कम्बोडियामा १-१ जनामा पाईएको पुष्टी भएको छ ।



    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस