कोरोना भाइरसः नेपालमा तीन सय शय्याको छुट्टै अस्पताल बन्रे

सरकारले चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमण बढेपछि नेपालमा रोकथाम गर्नेगरी तीन सय शय्याको सरुवा रोग उपचार गर्ने छुट्टै अस्पताल बनाउने तयारी गरेको छ ।
प्रतिनिधिसभाको शून्य समय र विशेष समयमा सांसादहरुले कोरोना भाइरस फैलने अवस्थामा सरकारको तयारी सोधेपछि स्वास्थ्य मन्त्रीले यस्तो तयारी भएको बताएका हुन् ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले चीनबाट फैलिएको कोरोना भाइरसको असर नेपालमा नदेखिएको बताए ।
उनले कोरोना भाइरस नेपालमा प्रवेश गर्न नदिन सरकारले विशेष निगरानी गरिरहेको जानकारी दिए ।
सरकारले यस्तो प्रकृतिको कुनै पनि भाइरल तथा महामारी नियन्त्रणका लागि छुट्टै अस्पताल बनाउने तयारी गरेको जानकारी मन्त्री ढकालले दिए ।
ढकालले सम्भावित संक्रमितलाई लक्षीत गरी अहिले सरकारले तीन अस्पतालमा ४३ बेड छुट्याइएको बताए ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस