बुधबार थप ७३ जनाको मृत्यु, कोरोना भाइरसबाट ज्यान गुमाउनेको सख्या ५६३ पुग्यो

चीनबाट महामारीको रुपमा सुरु भएको नोवल कोरोना भाइरसबाट ज्यान गुमाउनेको सख्या ५६३ पुगेको छ । हिजो मंगलबार मात्रै थप ७३ जनाको ज्यान गएको हो । यो संगै कोराना भाइरसबाट संक्रमितको संख्या २८ हजार १८ पुगेको छ । यसै गरी ११५३ जना संक्रमित ठिक भएर घर फर्केको बताइएको छ । यो संगै कोरोना भाइरस २८ देशमा फैलिएको छ । हङकङ र फिलिपिन्समा समेच १ -१ जनाको मृत्यु भइसकेको छ ।

चीन बाहेक सबै भन्दा बढी जापानमा ३३ जनामा संक्रमण देखिएको हो ।यसै गरी थाइल्याण्डमा २५ , सिंगापुरमा २४ जनामा संक्रमण पाईएको हो । त्यस्तै जना, हङकङमा १७ जनामा संक्रमण पाईएको छ । संक्रमण हुने अन्य देश हरुमा दक्षिण कोरियामा १८ जना, ताइवानमा १० जना, अष्ट्रेलियामा १३ जना, मलेसियामा १० जना ,मकाउमा १० जना, युएसएमा ७ जना, फ्रान्समा ६ जनामा संक्रमण भेटिएको पुष्टी भएको छ ।यस्तै भियतनाममा १० जना र जर्मनीमा ७ जना, युएइमा ३ जना, क्यानडामा ४ जनामा संक्रमण भएको पाईएको छ ।यसैगरी इटली, भारत, युके र रुसमा २-२ जनामा, फिनल्याण्ड,श्रीलंका, फिलिपिन्स, नेपाल, स्पेन , बेल्जियम ,स्विडेन र कम्बोडियामा १-१ जनामा पाईएको पुष्टी भएको छ ।


क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस