काेराेनाकाे त्रासः आफ्नाे क्षेत्रमा चीनबाट ल्याइने नेपाली राख्न मानेनन् भक्तपुरका स्थानीयले

सरकारले चीनबाट ल्याउन लागिएका नेपालीलाई भक्तपुरमा राख्ने बताएपछि त्यसको विरोध गर्दै स्थानीयले प्रदर्शन गरेका छन् ।
सरकारले उनीहरुलाई ल्याएर काठमाडौंको भक्तपुरस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा राख्ने कुरा गरे पछि त्यहाँका स्थानीयले यसको विरोध गर्दै प्रदर्शनमा उत्रिएका हुन् ।
कोरोना भाइरसको संक्रमणले चीन आक्रान्त बनिरहेका बेला चीनबाट ल्याउन लागिएका नेपालीलाई खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा नराख्न स्थानीयले माग गरेका हुन् ।
उनीहरुले बुधबार विरोध प्रदर्शन समेत गरेका छन् । कालो झण्डा र नारासहित स्थानीले नगरपालिका घेराउ समेत गरेका थिए ।
उनीहरुले चीनबाट ल्याउन लागिएका नेपालीलाई बस्ती माझमा नभएर अन्यत्रै सुरक्षित स्थानमा राख्न ज्ञापन पत्र बुझाएका छन् । प्र
चीनबाट ल्याउन लागिएका १८० जना नेपालीलाई १४ दिन स्वास्थ निगरानीमा राखिने छ । उनीहरुलाई विमानस्थलमा पनि उच्च सुरक्षा चेकजाँच पछि मात्र तोकिएको स्थानमा लगिनेछ । चीनमा रहेका नेपालीहरुलाई ल्याउनका लागि दुई वटा विमान समेत तयारी अवस्थामा राखिएको जनाइएको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस