• जीवनशैली | Jiwanshaili
  • कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ६३६ पुग्यो, बिहिबार थप ७३ जनाको मृत्यु


    चीनमा नोवल कोरोना भाइरसका कारण बिहिबार थप ७३ जनाको मृत्यु भएको छ । प्रकोपको रुपमा फैलिएको नोवल कोरोना भाइरसबाट बाहिर निस्कन चीनले थुप्रै प्रयास गरीरहेको छ । बिहिबार सम्म कोरानो भाइरसबाट ज्यान गुमाउनेको संख्या ६३६ पुगेको छ ।
    ३१ हजार १६१ जना यो भाइरसबाट संक्रमित भएका छन् । कोराना भाइरसबाट संक्रमित मध्ये १५०४ जना संक्रमित ठिक भएर घर फर्केको बताइएको छ । यो संगै कोरोना भाइरस २८ देशमा फैलिएको छ । हङकङ र फिलिपिन्समा समेच १ -१ जनाको मृत्यु भइसकेको छ ।

    कोरोना भाइरसबारे पहिला नै भविष्यवाणी गर्ने डाक्टरको मृत्यु

    चीनमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसबारे सबैभन्दा पहिला जानकारी गराएका डाक्टरको यसै भाइरसका कारण मृत्यु भएको छ ।चीनमा यो भाइरसबारे सबैभन्दा पहिला खुलासा गर्ने उनलाई कारबाही भएको थियो । यी डाक्टरले कोरोना भाइरसबारे पहिला नै भविष्यवाणी गरेका थिए । तर सोही भाइरसका कारण उनको ज्यान गएको छ ।

    चीनमा रहेका आफ्ना छोराछोरीलाई चाँडो ल्याउन अभिभावककाे आग्रह

    चीनको वुहान प्रान्तमा रहेका विद्यार्थीका अभिभावकले आफ्ना छोराछोरीलाई नेपाल छिटो ल्याउन माग गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा धर्ना दिएका छन् । आज दिउँसो उनीहरुले चाँडोभन्दा चाँडो आफ्ना छोराछोरीलाई नेपाल ल्याउन माग गर्दै धर्ना दिएका हुन् ।

    १८० नेपाली विद्यार्थीले स्वदेश फर्किन चीनस्थित नेपाली दूतावासमा निवेदन

    चीनमा कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि त्यहाँका १८० नेपाली विद्यार्थीले स्वदेश फर्किन चीनस्थित नेपाली दूतावासमा निवेदन दिइसकेका छन् । सरकारले निवेदन दिएका विद्यार्थीलाई चाँडै नै नेपाल ल्याउनका लागि पहल गरिरहेको छ । चीनबाट आउँदा चीनको विमानस्थलमा स्वास्थ्य परीक्षण हुने, त्यहाँबाट नेपाल आउने यात्रुको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षण गरी सङ्क्रमित यात्रुलाई उपत्यकाको ती चार स्थानको ‘आइसोलेशन वार्ड’मा राखी उपचार गरिने स्वास्थ्य मन्त्रालयले दिएकाे छ । सङ्क्रमितबाहेक अन्यलाई दुई हप्ता निगरानीका लागि छुट्टै स्थान (क्वारेन्टइन) मा राखिनेछ ।

    चीनबाट ल्याइएका विद्यार्थीलाई चार ठाउँमा राखिने

    चीनमा अहिले कोरोना भाइरस फैलिएर त्रास रहेको छ । सरकारले चाँडै नै चीनमा रहेका विद्यार्थी र नागरिक ल्याई उपत्यकाका चार ठाउँमा राख्ने निर्णय गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको विशेष बैठकमा प्रधानमन्त्री ओलीले सम्बन्धित निकायलाई शिवपुरी, इचङ्गुनारायण, सूर्यविनायक र खरिपाटीमा रहेका क्वारेन्टाइन स्थल व्यवस्थित गरी राख्न निर्देशन दिएका हुन। उनीहरुलाई १४ दिनसम्म अलग–अलग रुपमा ती ठाउँहरुमा राखिने जनाइएको छ ।

    भक्तपुरमा राख्ने निर्णयकाे स्थानीयको विरोध

    सरकारले चीनबाट ल्याउन लागिएका नेपालीलाई भक्तपुरमा राख्ने बताएपछि त्यसको विरोध गर्दै स्थानीयले प्रदर्शन गरेका छन् ।
    सरकारले उनीहरुलाई ल्याएर काठमाडौंको भक्तपुरस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा राख्ने कुरा गरे पछि त्यहाँका स्थानीयले यसको विरोध गर्दै प्रदर्शनमा उत्रिएका हुन् ।
    कोरोना भाइरसको संक्रमणले चीन आक्रान्त बनिरहेका बेला चीनबाट ल्याउन लागिएका नेपालीलाई खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा नराख्न स्थानीयले माग गरेका हुन् ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस