कोरानो भाइरसबाट ज्यान गुमाउनेको संख्या ७२२, शुक्रबार थप ८२ जनाको मृत्यु
माघ २५, काठमाण्डाैँ ।
चीनमा महामारीको रूप लिएको नोवल कोरोना भाइरसका कारण शुक्रबार थप ८२ जनाको मृत्यु भएको छ । प्रकोपको रुपमा फैलिएको नोवल कोरोना भाइरसबाट बाहिर निस्कन चीनले थुप्रै प्रयास गरीरहेको छ ।शुक्रबार सम्म कोरानो भाइरसबाट ज्यान गुमाउनेको संख्या ७२२ पुगेको छ ।
३४ हजार ५४६ जना यो भाइरसबाट संक्रमित भएका छन् । कोराना भाइरसबाट संक्रमित मध्ये २०५० जना संक्रमित ठिक भएर घर फर्केको बताइएको छ । यो संगै कोरोना भाइरस २८ देशमा फैलिएको छ । हङकङ र फिलिपिन्समा समेच १-१ जनाको मृत्यु भइसकेको छ ।
२८ देशमा संक्रमण
चीन बाहेक सबै भन्दा बढी जापानमा ८६ जनामा थाइल्याण्डमा २५ जनामा संक्रमण देखिएको हो ।यसै गरी सिंगापुरमा ३३ जनामा संक्रमण पाईएको हो । त्यस्तै जापानमा १७ जना, हङकङमा २५ जनामा संक्रमण पाईएको छ । संक्रमण हुने अन्य देश हरुमा दक्षिण कोरियामा २४ जना, ताइवानमा १६ जना, अष्ट्रेलियामा १५ जना, मलेसियामा १५ जना ,मकाउमा १० जना, युएसएमा १२ जना, फ्रान्समा ६ जनामा संक्रमण भेटिएको पुष्टी भएको छ ।यस्तै भियतनाममा १२ जना र जर्मनीमा १३ जना, युएइमा ५ जना, क्यानडामा ७ जनामा संक्रमण भएको पाईएको छ । यसैगरी इटलीमा ३ जना, युके ३ जनामा र रुसमा २ जनामा, भारतमा ३ जना, फिलिपिन्स ३ जना, फिनल्याण्ड,श्रीलंका,नेपाल, स्पेन , स्विडेन बेल्जीयम र कम्बोडियामा १-१ जनामा पाईएको पुष्टी भएको छ ।
अभिभावकको सिंहदरबारमा धर्ना
चीनको वुहान प्रान्तमा रहेका विद्यार्थीका अभिभावकले आफ्ना छोराछोरीलाई नेपाल छिटो ल्याउन माग गर्दै सिंहदरबारमा धर्ना दिएका छन् । शुक्रबार दिउँसो उनीहरुले चाँडोभन्दा चाँडो आफ्ना छोराछोरीलाई नेपाल ल्याउन माग गर्दै धर्ना दिएका हुन् ।
स्वदेश फर्किन नेपाली विद्यार्थी आतुर
चीनमा कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि त्यहाँका नेपाली विद्यार्थी आतुर भएका छन् । सयौँको ज्यान जाने चीनमा प्रकोप फैलिए पछि त्यसको त्रासबाट सयौँस्वदेश फर्किन चीनस्थित नेपाली दूतावासमा निवेदन दिइसकेका छन् ।
खरिपाटीमा क्वारेन्टाइन राख्न नदिने नगरसभाको निर्णय
चाँगुनारायण नगरपालिकाको छैटाैँ नगरसभाले चीनको वुहानबाट नेपाल फर्काउन लागिएका नेपालीलाई भक्तपुरको रिपाटीमा राख्ने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै विकल्प खोज्न आग्रह गरेको छ । खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणमा आजदेखि शुरु भएको चाँगुनारायण नगरपालिकाको छैटाैँ नगरसभाले चीनबाट फर्काइएका नेपालीका लागि खरिपाटीमा क्वारेन्टाइन राख्ने सरकारको निर्णय कुनै पनि दृष्टिकोणले उपयुक्त नभएको ठहर गर्र्दै त्यसको विकल्प खोज्न आग्रह गरेको हाे । नगरसभाको पहिलो दिनको छलफलमा प्रवेश पाएको एक मात्रै एजेन्डा बनेको क्वारेन्टाइन राख्ने सरकारको निर्णयप्रति आलोचना गर्दै सभामा बोल्ने नेकपा, नेपाली काँग्रेस र नेमकिपाका जनप्रतिनिधि एवं नगरसभाका सदस्यहरुले सरकारको निर्णय सच्याउँदै विकल्प खोज्न माग गरेका थिए ।
९१ बर्षिय बृद्धले कोरोनाको युद्ध जिते
कोराना भाइरसबाट संक्रमित मध्ये २ हजार भन्दा बढी ठिक भएर घर फर्कि सकेका छन् । यसै बीच चीनमा कोरोना संक्रमितएक बृद्ध कोरोनाको युद्ध जितेर घर फर्किएका छन् । ९१ बर्षिय बृद्ध शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका हुन् । यो संगै उनी कोरोना भाईरसबाट संक्रमण हुने सबै भन्दा धरै उमेरको ब्यक्ति बनेका छन् ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस