शनिबार थप ८९ जनाको मृत्यु, कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८११ पुग्याे

माघ २६, काठमाण्डौँ ।
चीनमा महामारीको रूप लिएको नोवल कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ८११ पुगेको छ । शनिबार थप ८९ जनाको मृत्यु भए पछि मर्ने संख्या ८ सय नाघेको हो । शनिबार सम्म कोरानो भाइरसबाट ३७ हजार २५१ जना यो भाइरसबाट संक्रमित भएका छन् । कोराना भाइरसबाट संक्रमित मध्ये २६५१ जना संक्रमित ठिक भएर घर फर्केको बताइएको छ । नोवल कोरोना भाइरस २८ देशमा फैलिएको छ । हङकङ र फिलिपिन्समा समेत १-१ जनाको मृत्यु भइसकेको छ ।
२८ देशमा संक्रमण
चीन बाहेक सबै भन्दा बढी जापानमा ८६ जनामा थाइल्याण्डमा २५ जनामा संक्रमण देखिएको हो ।यसै गरी सिंगापुरमा ३३ जनामा संक्रमण पाईएको हो । त्यस्तै जापानमा १७ जना, हङकङमा २५ जनामा संक्रमण पाईएको छ । संक्रमण हुने अन्य देश हरुमा दक्षिण कोरियामा २४ जना, ताइवानमा १६ जना, अष्ट्रेलियामा १५ जना, मलेसियामा १५ जना ,मकाउमा १० जना, युएसएमा १२ जना, फ्रान्समा ६ जनामा संक्रमण भेटिएको पुष्टी भएको छ ।यस्तै भियतनाममा १२ जना र जर्मनीमा १३ जना, युएइमा ५ जना, क्यानडामा ७ जनामा संक्रमण भएको पाईएको छ । यसैगरी इटलीमा ३ जना, युके ३ जनामा र रुसमा २ जनामा, भारतमा ३ जना, फिलिपिन्स ३ जना, फिनल्याण्ड,श्रीलंका,नेपाल, स्पेन , स्विडेन बेल्जीयम र कम्बोडियामा १-१ जनामा पाईएको पुष्टी भएको छ ।
चीनले गर्यो कोरोना भाइसरको नयाँ नामाकरण
चीनले गर्यो कोरोना भाइसरको नयाँ नामाकरण गरेको छ । कोरोना भाइसरको नयाँ नाम नोवल कोरोना निमोनिया राखिएको छ । चिनिया स्वास्थ्य नियोगका अनुसार नोवल कोरोना भाइरसको नयाँ नामाकरण गरीएको हो ।
एक अमेरिकन नागरिकको समेत मृत्यु
कोरोना भाइरसका कारण शनिबार एक जना अमेरिकन नागरिकको समेत मृत्यु भएको छ । स्थिति जटिल बन्दै गएको अधिकारीहरुले जनाएका छन् । एडिसन मिडियाका अनुसार यो कोरोना भाइरसका कारण विश्वभर आर्थिक मन्दी आउनेछ ।
चीनमा मास्क चोरी हुन थाले
कोरोना भाइरसको महामारी फैलिएसँगै चीनमा मास्क पनि चोरी हुन थालेको छ। भाइरसको संक्रमणबाट बच्न मास्कले केहीहदसम्म भूमिका खेल्ने गरेको चिकित्सकहरुको भनाइ छ। मास्कले पुर्णरुपमा सुरक्षा नदिएपनि उपयोगी हुने भएकाले चीनमा अहिले मास्कको अभाव देखिएको छ। यसैक्रममा कोरोनाभाइरस प्रभावित एक स्थानका लागि पठाइएको मास्क बीचबाटोमै अर्को शहरको मानिसले खोसेका हुन् । चीनको डाली शहर जहाँ आठ जनालाई मात्र भाइरसको संक्रमण भएको पुष्टि भएको हो। तर, यस शहरले चोङ्गगिङ्ग नगरपालिका जहाँ चार सयभन्दा बढी संक्रमित भएको मानिसहरुका लागि पठाएको मास्क खोसेको आरोप लागेको छ। नगरपालिकाले आफ्नो मास्क फिर्ता माग्दा डाली सरकारले ५९८ बक्स मास्क नागरिकलाई दिइसकेको र उक्त मास्क फिर्ता माग्न नमिल्ने बताएको छ। सामाजिक संजालमा उक्त शहरको अत्यन्तै आलोचना भएपछि डाली सरकारले शहरका दुई अधिकारीहरूलाई दोष लगाएको छ ।
चीनमा रहेका नेपाली थप त्रसित
चीनमा कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि त्यहाँका नेपाली विद्यार्थी आतुर भएका छन् ।कोरोना भाइरस संक्रमणका कारण चीनको वुहानमा एक अमेरिकीको मृत्यु भएपछि त्यहाँ रहेका नेपाली थप त्रसित बनेका छन् । अन्य मुलुकका नागरिकलाई सरकारले फिर्ता लगिसके पनि प्रक्रिया पूरा गर्न ढिलाइ हुँदा नेपालीलाई फर्काउन सकिएको छैन । दुई सातादेखि बन्द कोठामा रहेका नेपाली विद्यार्थीले निराश भएर शनिबार फेरि सरकारलाई पत्र लेखेका छन् ।
नेपालीलाई राख्न खरिपाटीमा भवन खाली गराइयो, स्थानीयद्वारा विरोध
खरिपाटीमा क्वारेन्टाइन राख्न भक्तपुर- चीनको वुहानबाट नेपाल फर्काउन लागिएका नेपालीलाई राख्नका लागि भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको दुईवटा भवन खाली गरिएका छन् । प्राधिकरणको दक्षिणतर्फको सबैभन्दा तल रहेको प्राधिकरणको वातावरण तथा सामाजिक अध्ययन विभाग र होस्टेल भवन खाली गराइएको हो । चीनको वुहानबाट नेपाल फर्काउन लागिएका नेपालीलाई राख्न दुई भवन खाली गराएको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस