उद्धार गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले मित्रराष्ट्र चीनको हुवेई प्रान्तमा रहेका नेपालीको जीवन जोखिममा पर्नसक्ने भएकाले स्वदेश फर्काउन सरकारसँग आग्रह गरेको छ । आयोगमा आज बसेको आकस्मिक बैठकले उक्त प्रान्तमा भएका नेपालीको संवेदनशीलतालाई बुझी सुरक्षितरूपमा स्वदेश फर्कने वातावरण मिलाउन सरकारसँग आग्रह गरिएको हो । बैठकले सरकारलाई आफ्ना नागरिकहरूलाई शीघ्र सुरक्षितरूपमा स्वदेश फर्कने वातावरण मिलाउन निर्देशन दिने निर्णय गरेको आयोगका प्रवक्ता वेदप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार उक्त प्रान्तका सबै नेपालीको स्वास्थ्य अवस्थाको जानकारी र स्वदेश फिर्ता गर्ने सम्बन्धमा सरकारका सम्बन्धित मन्त्रालयले गरेको काम कारवाहीका सन्दर्भमा आवश्यक जानकारी लिन परराष्ट्र, शिक्षा र स्वास्थ्यमन्त्रालयका सचिवहरूलाई आयोगमा बोलाउने निर्णय गरेको छ । चीनमा रहेका नेपाली विद्यार्थी तथा अन्य नेपाली नागरिक नोबेल कोरोना भाइरसका कारण आफू बसेको निवासबाट बाहिर निस्कन सक्ने अवस्था नभएको, लामो समयसम्म निवासमा बन्दीजस्तै जीवन बिताउँदा खाद्य सामग्रीको समेत अभाव भएको, जति लामो समय चीनमा रह्यो त्यति नै उनीहरू सङ्क्रमणको जोखिममा रहेको बताइएको छ ।
दुई हप्तादेखि चीनको सो प्रान्तमा रहेका करिब १८५ जना नेपाली विद्यार्थी तथा अन्य नेपाली नागरिकमा नोबेल कोरोना भाइरसको सङ्क्रमण हुने सन्त्रास भइरहेको र उनीहरूको शीघ्रजीवन रक्षा गरिदिन माग गर्दै अविभावकहरूले आयोगसमक्ष पेश गरिएको ज्ञापन–पत्र एवं नेपाली नागरिकको जीवन रक्षाका सम्बन्धमा आयोगले सो निर्णय गरेको हो ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस