कोरोना निमोनियाका कारण मर्नेकाे संख्या ९०८ पुग्यो, एकै दिन ९७ जनाको मृत्यु
माघ २७, काठमाण्डौँ ।
चीनमा महामारीको रूप लिएको नोवल कोरोना निमोनियाका कारण ज्यान गुमाउनेको संख्या ९०८ पुगेको छ ।आइतबार थप ९७ जनाको मृत्यु भए पछि मर्ने संख्या ९ सय नाघेको हो । आइतबार सम्म कोरानो भाइरसबाट ४० हजार १७१ जना यो निमोनियाबाट संक्रमित भएका छन् । कोराना निमोनियाबाट संक्रमित मध्ये ३२८१ जना संक्रमित ठिक भएर घर फर्केको बताइएको छ । नोवल कोरोना निमोनिया २८ देशमा फैलिएको छ । हङकङ र फिलिपिन्समा समेत १-१ जनाको मृत्यु भइसकेको छ ।
नेपालीहहरूलाई फिर्ता ल्याउन अझै केही दिन लाग्ने
चीनको हुवेइ प्रान्तमा रहेका नेपालीहहरूलाई फिर्ता ल्याउन अझै केही दिन लाग्ने भएको छ।नेपालमा ल्याएर राख्ने स्थानको व्यबस्थापनको लागि अझै केहि दिन लाग्ने भएकोले केहि दिन र्कुनु पर्ने भएको हो । बुधवारसम्म उनीहरुलाई राख्ने व्यवस्था मिलाइ सक्ने र त्यस लगतै मध्य चीनको वुहान र वरपरका नगरमा रहेका नेपालीहरूलाई नेपाल ल्याइने नेपाल सरकारको तयारी रहेको छ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस