कोरोनाका कारण अर्को डाक्टरको पनि मृत्यु
चीनमा कोरोनाका कारण थप एक डाक्टरको पनि ज्यान गएको छ । टोङ्जी अस्पतालमा कार्यरत ६२ बर्षीय डाक्टर लिन जेङविनको नोवल कोरोना निमोनियाका कारण ज्यान गएको हो । वुहानमा कार्यरत डाक्टर लिन राम्रो ट्रान्सप्लान्ट डाक्टर रहेको अन्तराष्ट्रिय संचारमाध्यमले बताएको छ । उनको सोमबार कोरोना निमोनियाका कारण ज्यान गएको हो ।
यस अघि पनि चीनमा कोरोनाबाट अर्का डाक्टरको पनि ज्यान गएको थियाे ।हुबेई सिन्ह्वा अस्पतालमा कार्यरत ६२ वर्षीय डाक्टर लियाङ वुदोङको कोरोना भाइरसकै कारण ज्यान गएको थियाे ।कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि अग्रपंक्तिमा रहेर खटेकका डाक्टर लियाङको ज्यान गएको हाे ।
याे पनि हेर्नुहाेस्
कोरोना बारे सबैभन्दा पहिला जानकारी दिने डाक्टरको यसै भाइरसका कारण मृत्यु
प्राण घातक नोवल कोरोना भाइरसले डाक्टरको ज्यान लियो
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस