• जीवनशैली | Jiwanshaili
  • साेमबार थप १०८ को मृत्यु,नोवल कोरोना निमोनियाले १०१६ काे ज्यान लियाे


    माघ २८, काठमाण्डौँ ।
    चीनमा लगाएत विश्वको २८ देशमा महामारीको रूप लिएको नोवल कोरोना निमोनियाका कारण ज्यान गुमाउनेको संख्या १०१६ पुगेको छ । साेमबार थप १०८ जनाको मृत्यु भए पछि मर्ने संख्या १ हजार नाघेको हो । आइतबार सम्म कोरानो भाइरसबाट ४२ हजार ६३८ जना यो निमोनियाबाट संक्रमित भएका छन् । कोराना निमोनियाबाट संक्रमित मध्ये ३९९६ जना संक्रमित ठिक भएर घर फर्केको बताइएको छ । नोवल कोरोना निमोनिया २८ देशमा फैलिएको छ । हङकङ र फिलिपिन्समा समेत १-१ जनाको मृत्यु भइसकेको छ । जापान र अमेरिका एक एक नागरिकको पनि ज्यान गइसकेको छ ।

    राष्ट्रपति सी जिनपिङले गरे अस्पतालकाे निरिक्षण

    यसैबीच चिनियाँ राष्ट्रपति सी जिनपिङले कोरोनाभाइरसबाट सङ्क्रमित बिरामीहरूको बेइजिङमा उपचार गरिरहेका कर्मचारीलाई भेटेका छन्। प्रकोपका माझ उनले दुर्लभ खालको सार्वजनिक उपस्थिति जनाएका हुन्।राष्ट्रपति सीले मुखमा मास्क लगाएर सामुदायिक स्वास्थ्य केन्द्रको पनि भ्रमण गरे।

    अमेरिकी र जापानी नागरिकको सङ्क्रमणका कारण मृत्यु

    विभिन्न मुलुकबाट चीनको कोरोना भाइरस प्रभावित क्षेत्रमा बस्दै आएका कुल २७ व्यक्तिलाई कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको चीनको विदेश मन्त्रालयले सोमबार जनाएको छ । विरामीमध्ये दुई जनाको मृत्यु भइसकेको छ भने तीन जना उपचारपछि घर फर्किएका छन् ।मन्त्रालयका अनुसार कोरोना भाइरसको सङ्क्रमण भएका २२ जनालाई अस्पतालमा एकान्तमा राखेर उपचार सेवा प्रदान गरिराखिएको छ ।यो तथ्याङ्क सोमबार बिहान आठ बजेसम्मको भएको र अहिलेसम्म एक चिनियाँ मूलका अमेरिकी र एक जापानी नागरिकको सङ्क्रमणका कारण चीनमा मृत्यु भएकाे बताइएकाे छ ।

    कोरोनाका कारण अर्को डाक्टरको पनि मृत्यु

    चीनमा कोरोनाका कारण थप एक डाक्टरको पनि ज्यान गएको छ । टोङ्जी अस्पतालमा कार्यरत ६२ बर्षीय डाक्टर लिन जेङविनको नोवल कोरोना निमोनियाका कारण ज्यान गएको हो । वुहानमा कार्यरत डाक्टर लिन राम्रो ट्रान्सप्लान्ट डाक्टर रहेको अन्तराष्ट्रिय संचारमाध्यमले बताएको छ । उनको सोमबार कोरोना निमोनियाका कारण ज्यान गएको हो । यस अघि पनि अर्का एक डाक्टरको यहि भाइरसका कारण ज्यान गएको थियो ।

    यस अघि पनि चीनमा कोरोनाबाट अर्का डाक्टरको पनि ज्यान गएको थियाे ।हुबेई सिन्ह्‍वा अस्पतालमा कार्यरत ६२ वर्षीय डाक्टर लियाङ वुदोङको कोरोना भाइरसकै कारण ज्यान गएको थियाे ।कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि अग्रपंक्तिमा रहेर खटेकका डाक्टर लियाङको ज्यान गएको हाे ।

    खरिपाटीमा सञ्चारकर्मीलाई प्रवेश निषेध

    चीनबाट उद्धार गरी नेपाल ल्याउन लागिएका नेपालीलाई राख्न क्वारेन्टाइन निर्माणको काम भइरहेको भक्तपुरको खटिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको भवनमा सञ्चारकर्मीलाई प्रवेश निषेध गरिएको छ । चीनमा कोरोना भाइरसले महामारीको रूप लिएपछि त्यहाँ रहेका नेपालीलाई सरकारले स्वदेश फर्काएर खरिपाटीस्थित प्राधिकरणमा राख्ने तयारी गरेपछि त्यसको समाचार सङ्कलनका लागि खरिपाटी पुगेका सञ्चारकर्मीलाई आजदेखि मूलगेटबाटै प्रवेशमा रोक लगाइएको हो ।समाचार सङ्कलनका लागि खरिपाटीस्थित प्राधिकरण पुगेका सञ्चारकर्मीलाई गेटमा बसेका प्रहरीले स्थानीय बासिन्दा र सञ्चारकर्मीलाई प्रवेश नदिनू भन्ने माथिको आदेश आएको भन्दै प्रवेशमा रोक लगाएपछि सञ्चारकर्मीले आन्तरिक तयारीको तस्बिर र भिडियो सङ्कलन नगरी फर्किएका छन् ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस