• जीवनशैली | Jiwanshaili
  • काेभिड-१९ ले हुवेइमा मात्रै मंगलबार ९४ को ज्यान लियाे, मर्नेकाे संख्या ११०० नाघ्याे


    चीनमा प्रकोपको रुपमा फैलिएको नोवल कोरोना निमोनियाको कारण प्रकोपको केन्द्र हुवेइमा मात्रै मंगलबार ९४ जनाको ज्यान गएको छ । यसका साथै हुवेई प्रान्तमा मात्रै मंगलबार १६३८ जना संक्रमित पहिचान गरीएको बताईएको छ । हाल सम्म हुवेई प्रान्तमा मात्रै १०६८ जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् भने ३३ हजार ३६६ जनाको पहिचान गरीएको छ । यो संगै हुवेईमा कोरोनाको मृत्युदर ३.२ प्रतिशत रहेको छ । पहिचान गरीएको मध्ये २ हजार ६ सय ३९ जना विरामी उपचार पछि घर फर्किएका छन्  भने २६ हजार १ सय २१ जना उपचाररत रहेको बताइएको छ । काेभिड-१९ का कारण हाल सम्म १११३ जनाकाे मृत्यु भइसकेकाे छ । भने ४४ हजार ६ सय ५३ जनामा संक्रमण भएकाे बताइएकाे छ । पहिचान गरीएको मध्ये ४ हजार ७ सय ४० जना विरामी उपचार पछि घर फर्किएका छन्  ।

    कोरोना संक्रमित आमाले स्वस्थ्य शिशुको जन्म

    चीनमा एक कोरोना संक्रमित आमाले स्वस्थ्य शिशुको जन्म दिएकी छिन् । चिनको शान्ची प्रान्तमा नोवल कोरोना निमोनियाबाट संक्रमित एक आमाले  स्वस्थ्य शिशुको जन्म दिएकी हुन् । उत्तर पश्चिम मा रहेको यो प्रान्तमा कोरोना संक्रमित आमाले स्वस्थ्य शिशु पाउने यो पहिलो घटना भएको बताईएको छ । शान्ची प्रान्तको छियानमा रहेको अस्पतालमा जन्मीएकी उक्त शिशुको स्वास्थ्य अवस्था राम्रो रहेको र हाल आमा र बच्चा दुबैको स्वास्थ्य स्थिर रहेको बताईएको छ ।

    दुई चिनियाँ वरिष्ठ अधिकारी बर्खास्त

    चिनियाँ राष्ट्रपति सी चिनफिङले  कोरोनाभाइरसलाई नियन्त्रण गर्न उचित पहल कदमी नगरिएको भन्दै मंगलबार दुई वरिष्ठ अधिकारीलाई बर्खास्त गरेका छन् । सोमबार बेइजिङस्थित उपचार केन्द्रहरूको निरीक्षण गरेपछि हुबेईका लागि स्वास्थ्य आयोगका पार्टी सचिव झाङ जिन र हुबेइ प्रान्तीय स्वास्थ्य आयोगका निर्देशक लिङ यिङजीलाई बर्खास्त गरिएको अन्तराष्टिय संचार माध्यमले जनाएको छ। यसका साथै लोकल रेड क्रसका कार्यकारी निर्देशकलाई पनि बर्खास्त गरेको जनाइएको छ।

    डब्ल्युएचओले दियाेको कोरोनाको नयाँ नाम कोभिड-१९

    डब्ल्यु एच ओ ले चीनमा प्रकोपको रुपमा फैलिएको नोवल कोरोना निमोनियाको नयाँ नामाकरण गरेको छ । मंगलबार डब्ल्यु एच ओ ल कोरोनाको नयाँ नाम कोभिड-१९ दिएको हो । यस अघि चीनको स्वास्थ्य नियोगले कोरोना भाइसरको नाम नोभल कोरोना निमोनिया राखेको थियो । डब्ल्यु एच ओ को डाइरेक्टर जेनरल टेडरोजले नोवल कोरोना निमोनियाको नयाँ नाम कोभिड-१९ नामाकारण गरिएको बताएका छन् । चीनमा काेभिड-१९ कारण एक हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् भने ४४ हजार भन्दा बढी संक्रमित भइसकेका छन् ।

    चीनमा रहेका नेपालीलाई फागुन ३ गते ल्याउने मन्त्रिपरिषद्को निर्णय

    कोरोना भाइरसको प्रकोप फैलिएको चीनको बुहानमा रहेका १८० जना नेपालीलाई सरकारले नेपाल ल्याउने भएको छ । फागुन ३ गते उनीहरूलाई नेपाल ल्याउने तयारी गरिएको हो । नेपाल ल्याउन लागिएकामध्ये अधिकांश विद्यार्थी छन् ।मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले सरकारले चीनमा रहेका नेपालीलाई फागुन ३ गते ल्याउने निर्णय गरेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस