काेराेनाले लियाे एकैदिन २४२ काे ज्यान, मर्नेकाे संख्या १३५५ पुग्याे
फागुन-१, काठमाण्डौँ ।
चीनमा लगाएत विश्वको २८ देशमा महामारीको रूप लिएको कोभिड-१९ का कारण ज्यान गुमाउनेको संख्या १३५५ पुगेको छ । बुधबार थप २४२ जनाको मृत्यु भए पछि मर्ने संख्या १ हजार तीन सय ५५ पुगेको हो । बुधबार सम्म नोवल कोरानो निमोनिया (एनसिपी)बाट ६० हजार भन्दा बढी संक्रमित भएका छन् । बुधबार हुवेइ प्रान्तमा मात्रै थप १४ हजार ८४० जना नयाँ संक्रमित भेटिएकाे बताइएकाे छ । नोवल कोरोना निमोनिया २८ देशमा फैलिएको छ । हङकङ र फिलिपिन्समा समेत १-१ जनाको मृत्यु भइसकेको छ । जापान र अमेरिका एक एक नागरिकको पनि ज्यान गइसकेको छ ।
कोरोनाभाइरसकाे अन्त्य अनिश्चित
विश्व स्वास्थ्य सङ्गठनले चीनमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेहरूको सङ्ख्यामा कमी आएको भए पनि यसको अन्त्य कहिले होला भन्ने अनुमान गर्न अहिले “निकै छिटो” हुने बताएको छ।”यो प्रकोप अझै पनि जुनसुकै दिशामा जानसक्छ,” विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले भने।
स्वेदश फिर्ताका लागि तयारी अवस्थामा नेपालीहरूलाई रहन आह्वान
काठमाडौं चीनको बेइजिङस्थित नेपाली दूतावासले हुबेमा रहेका नेपालीहरूलाई स्वेदश फिर्ताका लागि तयारी अवस्थामा रहन आह्वान गरेको छ । कोरोनाको महामारी फैलिएको वुहानबाट शनिवार नेपाल एयरलाईन्सको जहाजले करिव २ सय जना नेपालीलाई ल्याउने निश्चित भएपछि दूतावासले यस्तो आह्वान गरेको हो । त्यसका लागि तयारी अवस्थामा रहन नेपालीहरुलाई वीच्याटमार्फत सन्देश पठाएको दूतावासका उपनियोग प्रमुख सुशील लम्सालले जानकारी दिए ।
नेपालमा तयारी पूरा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले चीनबाट नेपाल ल्याउन लागिएका नेपालीहरूको लागि स्वास्थ्य सेवा उपलब्ध गराउने सम्पुर्ण तयारी पूरा भएको जानकारी दिनुभएको छ ।बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले ८६ जना स्वास्थ्यकर्मीलाई तालिम दिइसकेको बताए । क्वारेनटाइनमा समेत पाँचवटा स्वास्थ्य डेष्क रहने भन्दै उहाँले क्वारेनटाइनमा बसेकाहरुलाई रुघाखोकी, ज्वरोको लक्षण देखिनासाथ स्वास्थ्य डेष्कमा सम्पर्क गर्नुपर्ने बताउनुभयो । उनीहरुलाई १४ दिनदेखि १८ दिनसम्म आफन्तसंग भेटघाट गर्न दिइने छैन । रुघाखोकी, ज्वरो आएका व्यक्तिलाई तत्काल एम्बुलेन्स मार्फत आइसोलेसन भएका अस्पतालमा ल्याइने छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस