कोरोना संक्रमण आशंकित व्यक्ति टेकु अस्पतालबाटै फरार
कोरोना भाइरस संक्रमणको आशंकामा राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जाँच गर्न पुगेका एक बिरामी भागेका छन् ।
चीनको बाटो हुँदै नेपाल आएका उनी रुघाखोकी र ज्वरोले ग्रस्त भएपछि स्वास्थ्य जाँचका लागि टेकु अस्पताल पुगेका थिए ।
चेकजाँचका क्रममा कोरोनाको आशंका भएपछि अस्पतालले उनलाई निगरानीमा राख्ने निर्णय गरेको थियो । निगरानीमा राख्ने तयारी गर्दा गर्दै उनी भागेका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठका अनुसार ती नागरिक साउदी अरबका हुन् । यो घटना एक साताअघिको हो ।
‘कोरोना परीक्षण गर्न बाँकी थियो । निगरानीमा राख्ने तयारी भइरहेका बेला उनी भागे । उनको खोजी भइरहेको छ,’ स्वास्थ्य प्रवक्ता श्रेष्ठले भने, ‘भाषाको पनि समस्या थियो । यसैकारण, उनलाई नियन्त्रणमा राख्न सकिएन ।’
कोरोना भाइरस संक्रमणको आशंका गरिएका व्यक्ति अस्पतालबाट भाग्नुलाई गम्भीर रूपमा लिइएको छ ।
करिब दुई साताअघि पोखरा पुगेका दुई चिनियाँ नागरिकमा कोरोना भाइरस संक्रमणको आशंका गर्दै मणिपाल अस्पताल रिफर गरिएको समाचार सार्वजनिक भएको थियो ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस