काेराेनाले हुवेइमा मात्रै ११६ को प्राण लियाे
चीनमा लगाएत विश्वको २८ देशमा महामारीको रूप लिएको कोभिड-१९ का कारण हुवेइ प्रान्तमा मात्रै ११६ जनाको ज्यान गएको छ ।
बिहिबार थप ११६ जनाको मृत्यु भए पछि मर्ने संख्या १ हजार चार सय नाघेको हो । बिहिबार सम्म नोवल कोरानो निमोनिया (एनसिप)बाट ६५ हजार भन्दा बढी संक्रमित भएका छन् । बुधबार हुवेइ प्रान्तमा मात्रै थप ४ हजार ८२३ जना नयाँ संक्रमित भेटिएको बताइएको छ भने ३६ हजार बिरामी हस्पिटलमा उपचार गराइरहेका छन् । नोवल कोरोना निमोनिया २८ देशमा फैलिएको छ । हङकङ र फिलिपिन्स र जपानमा समेत १-१ जनाको मृत्यु भइसकेको छ । जापान र अमेरिका एक एक नागरिकको पनि ज्यान गइसकेको छ ।
वुहानमा रहेका नेपाली फागुन ४ गते बिहान २ः१५ मा नेपाल अवतरण गर्ने
सरकारले आगामी शनिबार चीनको हुवेई प्रान्तबाट स्वदेश फर्कन चाहने नेपालीलाई नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाजमार्फत स्वदेश ल्याउने भएको छ । हुवेई प्रान्तको विभिन्न शहरबाट नेपाल फर्कने विद्यार्थीलाई लिन निगमको वाइडबडी जहाज शनिबार अपरान्ह चीन पठाउन लागिएको हो ।
स्वदेश फर्कन चाहने नेपालीलाई निगमको जहाजमार्फत ल्याउने व्यवस्था मिलाइएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले जानकारी दिनुभयो ।निगमको अध्यक्षको समेत जिम्मेवारी सम्हाल्नुभएका अधिकारीले निगमको वाइडबडी जहाज फागुन ३ गते चीन पठाउने निर्णय गरी आवश्यक तयारीसमेत भइरहेको बताउनुभयो । चीनको वुहानमा रहेका नेपाली लिन शनिबार अपरान्ह २ः४५ बजे निगमको वाइडबडी जहाज चीन उड्नेछ । उक्त जहाज नेपाली लिएर फागुन ४ गते बिहान २ः१५ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस