कोरोना भाइरसका कारण ६ जना चिकित्सकको मृत्यु
चीनमा कोरोना भाइरसका कारण छ जना चिकित्सक को मृत्यु भएको छ । चीनको स्वास्थ्य नियोगको अनुसार १ हजार सात सय १६ जना स्वास्थ्यकर्मी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । टोङ्जी अस्पतालमा कार्यरत ६२ बर्षीय डाक्टर लिन जेङविनको नोवल कोरोना निमोनियाका कारण ज्यान गएको हो । वुहानमा कार्यरत डाक्टर लिन राम्रो ट्रान्सप्लान्ट डाक्टर रहेको अन्तराष्ट्रिय संचारमाध्यमले बताएको छ । उनको सोमबार कोरोना निमोनियाका कारण ज्यान गएको हो ।
यस अघि पनि चीनमा कोरोनाबाट अर्का डाक्टरको पनि ज्यान गएको थियो ।हुबेई सिन्ह्वा अस्पतालमा कार्यरत ६२ वर्षीय डाक्टर लियाङ वुदोङको कोरोना भाइरसकै कारण ज्यान गएको थियो ।कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि अग्रपंक्तिमा रहेर खटेकका डाक्टर लियाङको ज्यान गएको हो । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार सङ्क्रमितहरूको सङ्ख्या ६३ हजार नौ सय २२ पुगेको छ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस