कोरोना भाइरसका कारण ६ जना चिकित्सकको मृत्यु

चीनमा कोरोना भाइरसका कारण छ जना चिकित्सक को मृत्यु भएको छ । चीनको स्वास्थ्य नियोगको अनुसार १ हजार सात सय १६ जना स्वास्थ्यकर्मी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । टोङ्जी अस्पतालमा कार्यरत ६२ बर्षीय डाक्टर लिन जेङविनको नोवल कोरोना निमोनियाका कारण ज्यान गएको हो । वुहानमा कार्यरत डाक्टर लिन राम्रो ट्रान्सप्लान्ट डाक्टर रहेको अन्तराष्ट्रिय संचारमाध्यमले बताएको छ । उनको सोमबार कोरोना निमोनियाका कारण ज्यान गएको हो ।
यस अघि पनि चीनमा कोरोनाबाट अर्का डाक्टरको पनि ज्यान गएको थियो ।हुबेई सिन्ह्वा अस्पतालमा कार्यरत ६२ वर्षीय डाक्टर लियाङ वुदोङको कोरोना भाइरसकै कारण ज्यान गएको थियो ।कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि अग्रपंक्तिमा रहेर खटेकका डाक्टर लियाङको ज्यान गएको हो । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार सङ्क्रमितहरूको सङ्ख्या ६३ हजार नौ सय २२ पुगेको छ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस