चीनबाट १ सय ७५ नेपाली लिएर विमान उड्याे, ६ नेपालीमा काेराेना आशंका
चीनको वुहानबाट १ सय ७५ नेपालीलाई लिएर नेपाल एयरलाइन्सको जहाज काठमाडौंको लागि उडेको छ। ६ जना भने स्वास्थ्यमा समस्या देखिएपछि वुहानमै रोकिएको चीनस्थित नेपाली दूतावासले जनाएको छ। यस्तै ४ जना नेपाली भने आफ्नो इच्छाले उतै बसेको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। त्यसैले १ सय ८५ जना नेपालीलाई उद्दार गर्ने भनेपनि १० जना छुटेका छन्। जहाज आइतबार बिहान ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ।
६ जनामा कस्तो स्वास्थ्य समस्या देखिएको भन्ने विज्ञप्तिमा खुलाइएको छैन। यद्यपी शनिबार बिहान वुहानमा रहेका विद्यार्थीसँग कुरा गर्दा शरीरको तापक्रम ३७।३ डिग्री सेल्सियस भन्दा माथि देखाए विमानस्थलमै रोक्ने बताएका थिए। कोरोनाभाइरसको उद्गमस्थल वुहानमा उद्दारको पर्खाइमा रहेका नेपालीलाई लिन नेपाल एयरलाइन्सको जहाज शनिबार अपरान्ह ४ बजे वुहान प्रस्थान गरेको हो।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस