चीनबाट १ सय ७५ नेपाली लिएर विमान उड्याे, ६ नेपालीमा काेराेना आशंका

चीनको वुहानबाट १ सय ७५ नेपालीलाई लिएर नेपाल एयरलाइन्सको जहाज काठमाडौंको लागि उडेको छ। ६ जना भने स्वास्थ्यमा समस्या देखिएपछि वुहानमै रोकिएको चीनस्थित नेपाली दूतावासले जनाएको छ। यस्तै ४ जना नेपाली भने आफ्नो इच्छाले उतै बसेको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। त्यसैले १ सय ८५ जना नेपालीलाई उद्दार गर्ने भनेपनि १० जना छुटेका छन्। जहाज आइतबार बिहान ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ।
६ जनामा कस्तो स्वास्थ्य समस्या देखिएको भन्ने विज्ञप्तिमा खुलाइएको छैन। यद्यपी शनिबार बिहान वुहानमा रहेका विद्यार्थीसँग कुरा गर्दा शरीरको तापक्रम ३७।३ डिग्री सेल्सियस भन्दा माथि देखाए विमानस्थलमै रोक्ने बताएका थिए। कोरोनाभाइरसको उद्गमस्थल वुहानमा उद्दारको पर्खाइमा रहेका नेपालीलाई लिन नेपाल एयरलाइन्सको जहाज शनिबार अपरान्ह ४ बजे वुहान प्रस्थान गरेको हो।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस