कोरोनाले लियो १,६६९ जनाको ज्यान, शनिबार १४३ को मृत्यु

चीनबाट सुरु भएको प्राण घातक नोवल कोरोना भाइरसका कारण १,६६९ जनाको ज्यान गएको छ। शनिबार १४० जनाको मृत्यु भए पछि कोभिड-१९ का कारण ज्यान जानेको संख्या १६ सय नाघेको हो । कोरोना भाइरसका कारण संक्रमितको संख्या ६९,१९७ पुगेको छ । जस मध्ये ९,५३८ जना विरामी उपचार पछि घर फर्कि सकेका छन् । उपचाररत मध्ये ११ हजार २ सय ९२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ । हुवेईमा मात्रै हिजो शनिबार १,८४३ जना नयाँ ब्यक्तिमा कोरोनाको संक्रमण पाईएको हो । भने १३९ जनाको ज्यान गएको छ ।
जापानमा ३३८ जनामा संक्रमण
चीन बाहेक सबै भन्दा बढी जापानमा ३३८ जनामा संक्रमण देखिएको हो । शनिबार मात्रै जापानमा ७९ जना संक्रमितको पहिचान गरीएको छ । यसै गरी सिंगापुरमा ७२जनामा संक्रमण पाईएको हो । त्यस्तै हङकङमा ५६ जनामा, थाइल्याण्डमा ३४ जनामा संक्रमण पाईएको छ । संक्रमण हुने अन्य देश हरुमा दक्षिण कोरियामा २८ जना, ताइवानमा १८ जना, अष्ट्रेलियामा १५ जना, मलेसियामा २२ जना ,मकाउमा १० जना, युएसएमा १५ जना, फ्रान्समा १२ जनामा संक्रमण भेटिएको पुष्टी भएको छ ।यस्तै भियतनाममा १६ जना र जर्मनीमा १६ जना, युएइमा ८ जना, क्यानडामा ८ जनामा संक्रमण भएको पाईएको छ । यसैगरी इटलीमा ३ जना, युके ९ जनामा र रुसमा २ जनामा, भारतमा ३ जना, फिलिपिन्स ३ जना, स्पेनमा २ जना ,फिनल्याण्ड,श्रीलंका,नेपाल, इजिप्ट, स्विडेन बेल्जीयम र कम्बोडियामा १-१ जनामा पाईएको पुष्टी भएको छ ।
फ्रान्समा एकको मृत्यु
एकजना चिनियाँ पर्यटकको कोरोनाभाइरस सङ्क्रमणका कारण फ्रान्समा मृत्यु भएको छ।कोरोनाभाइरस सङ्क्रमणका कारण एशियाबाहिर मृत्यु भएको यो पहिलो घटना हो। पीडित चीनको हुबे प्रान्तकी ८० वर्षीय पुरुष भएको फ्रान्सका स्वास्थ्यमन्त्री आनियास बिजाँले बताइन्। उनी १६ ज्यानुअरीमा फ्रान्स आइपुगेको र २५ ज्यानुअरीका दिनदेखि क्वारन्टीनमा राखिएको उनले बताइन्।मुख्यभूमि चीनबाहिर जम्मा तीनजनाको मृत्यु भएको थियो। हङकङ फिलिपिन्स र जापानमा एक-एक जना सङ्क्रमितको मृत्यु भएको थियो। हालसम्म १५२६ जना भन्दा बढी मानिसको मृत्यु भएको छ।
१ सय ७५ जना नेपाली काठमाडौं आइपुगे
नबाट १ सय ७५ जना नेपाली लिएर काठमाडौंको लागि प्रस्थान गरेको जहाज काठमाडौं आइपुगेको छ।वुहानबाट काठमाडौंको लागि उडेको नेपाल एयरलाइन्सको वाइडबडी जहाज आइतबार बिहान ३ बजेर २२ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।६ जना भने स्वास्थ्य समस्याका कारण नेपाल आउन पाएनन्। उनीहरुलाई वुहान एयरपोर्टमै रोकिएको चीनस्थित नेपाली दूतावासले जनाएको छ। ती ६ जनामा कस्तो स्वास्थ्य समस्या देखिएको भन्ने विज्ञप्तिमा खुलाइएको छैन।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस