कोरोना प्रभावितका नाममा प्रार्थना
चीनको उहानबाट फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु भएकाको स्मृतिमा दीप प्रज्वलन तथा प्रार्थना गरिएको छ । नेपाल चाइनिज गाइड एसोसिएसन नेग्गाद्वारा पाटनस्थित ऐतिहासिक एवं धार्मिक महत्व रहेको हिरण्यवर्ण महाविहारमा दीप प्रज्वलन गरी दिवङ्गत आत्माको चिरशान्तिको कामना गरिएको हो । सङ्क्रमणबाट दिवङ्गत भएकाहरुको सम्झना तथा उपचाररत बिरामीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै महाविहारका पुजारी तथा स्थानीयवासीको सहयोगमा प्रज्ञापारमितासमेत पाठ गरियो । दीप प्रज्वलनमा सहभागीले चिनियाँ तथा नेपाली भाषामा ‘उठ चीन, जाग उहान’, ‘कठिन घडीमा–हामी साथमा छौँ’, ‘सङ्क्रमणविरुद्धको जीत निश्चित छ’ लगायतका नारा लोखिएको प्लेकार्ड बोकेका थिए । नेग्गाका अध्यक्ष निशान प्रधानले नेपालको असल मित्र र विकासको साझेदार चीनले भोग्नु कठिनाइको परिस्थितिमा हाम्रो साथ र सहयोगको सन्देश दिन कार्यक्रम आयोजना गरिएको बताउनुुभयो । साइनो नेपाल कल्चर एण्ड प्रमोसन सोसाइटीका अध्यक्ष ध्रुव पौडेलले नेपालको मुख्य पर्यटन बजारको स्रोतलाई कायमै राख्न र छिमेकी मुलुकप्रतिको सकारात्मक सद्भाव राख्न यस्ता कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गर्नुुभयो । नेपालका चिनियाँ भाषी पथप्रदर्शकको आयोजनामा उक्त कार्यक्रम भएको थियो । नेपालमा करीब ४०० को सङ्ख्यामा चिनियाँ भाषाका पथप्रदर्शक क्रियाशील छन् ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस