कोरोना भाइरसले १,७७३ जनाको ज्यान लियाे,आइतबार थप १०४ जनाको मृत्यु
विश्वब्यापी संकट निम्त्याएको प्राण घातक नोवल कोरोना भाइरसका कारण १,७७३ जनाको ज्यान गएको छ। आइतबार १०१ जनाको मृत्यु भए पछि कोभिड-१९ का कारण ज्यान जानेको संख्या १७ सय ७३ पुगेको हो । कोरोना भाइरसका कारण संक्रमितको संख्या ७१,२६५ पुगेको छ । जस मध्ये १०,८९० जना विरामी उपचार पछि घर फर्कि सकेका छन् । उपचाररत मध्ये ११ हजार २ सय ९८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ । हुवेईमा मात्रै हिजो शनिबार १,९३३ जना नयाँ ब्यक्तिमा कोरोनाको संक्रमण पाईएको हो । भने १०० जनाको ज्यान गएको छ ।
जापानमा ४१४ जनामा संक्रमण
चीन बाहेक सबै भन्दा बढी जापानमा ४१४ जनामा संक्रमण देखिएको हो । शनिबार मात्रै जापानमा ७६ जना संक्रमितको पहिचान गरीएको छ । यसै गरी सिंगापुरमा ७८ जनामा संक्रमण पाईएको हो । त्यस्तै हङकङमा ५७ जनामा, थाइल्याण्डमा ३४ जनामा संक्रमण पाईएको छ । संक्रमण हुने अन्य देश हरुमा दक्षिण कोरियामा २९ जना, ताइवानमा २० जना, अष्ट्रेलियामा १५ जना, मलेसियामा २२ जना ,मकाउमा १० जना, युएसएमा १५ जना, फ्रान्समा १२ जनामा संक्रमण भेटिएको पुष्टी भएको छ ।यस्तै भियतनाममा १६ जना र जर्मनीमा १६ जना, युएइमा ८ जना, क्यानडामा ८ जनामा संक्रमण भएको पाईएको छ । यसैगरी इटलीमा ३ जना, युके ९ जनामा र रुसमा २ जनामा, भारतमा ३ जना, फिलिपिन्स ३ जना, स्पेनमा २ जना ,फिनल्याण्ड,श्रीलंका,नेपाल, इजिप्ट, स्विडेन बेल्जीयम र कम्बोडियामा १-१ जनामा पाईएको पुष्टी भएको छ ।
ताइवानमा एक जनाको मृत्यु
कोरोना भाइरसका कारण ताइवानमा एक जनाको मृत्यु भएको छ । चीनबाट सुरु भएको नोवल कोरोना भाइरसका कारण ताइवानमा मृत्यु हुनेमा उनी पहिलो ब्यक्ति भएको बताइएको छ । ताइवानी मिडियाका अनुसार ६० बर्ष भन्दा बढी उमेरका एक पुरुषको मृत्यु भएको हो । मृतकको तत्कालै कुनै ट्राभल भने नदेखिएको बताईएको छ ।
पानीजहाजबाट उद्धार ४० अमेरिकाकीमा कोरोनाभाइरस
जापानमा क्वारन्टीनमा राखिएको डाइमन्ड प्रिन्सेस क्रूज पानीजहाजबाट उद्धार गरिएका संयुक्त राज्य अमेरिकाका ४० जना नागरिकमा नयाँ कोरोनाभाइरसको सङ्क्रमण देखिएको एक अमेरिकी अधिकारीले बताएका छन्।उनीहरू जापानमा उद्धार गरिएका चार सय अमेरिकी नागरिकमध्येका हुन्।उद्धार गरिएकामध्ये अधिकांश व्यक्तिहरू दुईवटा अमेरिकी हवाईजहाजमार्फत् स्वदेश फर्किरहेका छन्।तर सङ्क्रमित व्यक्तिहरूलाई चाहिँ उपचारका लागि जापानकै अस्पतालहरूमा भर्ना गरिनेछ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तिहारका पाँच दिन यमपञ्चक
- २ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ३ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ४ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ५ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ६ हरितालिका तिज मनाइँदै
- ७ हरितालिका तीज शुरु
- ८ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
प्रतिक्रिया दिनुहोस