खरिपाटीले भुलायो वुहानको पीडा

चीनको हुपै प्रान्तबाट १ सय ७५ नेपाली आइतबार बिहान झिसमिसेममा काठमाडौं ओर्लिए । उनीहरू राष्ट्रिय ध्वजावाहक विमानबाट स्वदेशमा पाइला टेकेभन्दा क्वारेन्टाइन स्थल पुग्दा बढी खुसी देखिन्थे ।
विमानस्थलमा ओर्लेपछि स्वास्थ्य जाँच गरी प्रहरी स्कर्टिङमा उनीहरूलाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र (क्वारेन्टाइन)मा लगिएको हो ।
चीनको सुन्दर प्रान्त एकाएक कोरोना भाइरस संक्रमणको केन्द्र बनेपछि त्यहाँबाट फर्किंदा ‘कालको मुखबाट फिर्ता आएझैं’ महसुस भएको केहीले बताएका छन् । बसबाट लामो यात्रा, त्यसपछि हवाई उडानले थकित उनीहरू क्वारेन्टाइन क्षेत्रमा पुग्दा सरकारको तयारीले दंग परेका हुन् । उनीहरूले नयाँ जीवन पाएको महसुस गरेका छन् ।
अस्पतालमा छटपटिइरहँदा घर जान मन लाग्नु र घर पुग्दा हुने खुसीकै क्षण भएको उनीहरूको भनाइ छ । तीन सातादेखि लगातार उद्धार गर्न आग्रह गरिरहेकामा अन्ततः सरकारले सुनेको भन्दै उनीहरूले खुसी व्यक्त गरेका छन् ।
उनीहरूलाई स्वदेश फर्काउन बेइजिङस्थित नेपाली दूतावासले त्यहाँको र यहाँको व्यवस्थापन नेपाली सेनाले गरेको थियो । उद्धार व्यवस्थापनको जिम्मा लिएको दूतावासले हुपैबाट नेपालीलाई केही कडा नियमसहितको मञ्जुरीनामा लिएको थियो । सरकारले तोकेको समयावधिभर क्वारेन्टाइनमा बस्ने, आफन्त नभेट्ने, बाहिर निस्किन नखोज्नेजस्ता विषयमा मञ्जुर गराएर हुपैका ६ सहरबाट उनीहरूको उद्धार गरेको हो
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस