कोरोनाका कारण वुहान अस्पतालका निर्देशककाे मृत्यु
कोरोनाभाइरसको उद्गमस्थल हुपेइ प्रान्तको वुहान शहरमा वुहान वुचाङ अस्पतालका निर्देशककै मृत्यु भएको छ। वुहान अस्पतालका निर्देशक वरिष्ठ डाक्टर लिउ जिमिङको मंगलबार बिहान मृत्यु भएको चिनियाँ संचारमाध्यमहरले जनाएका छन्।बिहान १० बजेर ३० मिनेटमा डाक्टर लिउको मृत्यु भएको चीनको केन्द्रीय टेलिभिजन माइक्रोब्लगले जनाएको छ। वुहान कोरोनाभाइरसको उद्गमस्थल हो। यस स्थानमा कोरानाबाट संक्रमितको दर र बिरामीको मृत्युदर सबैभन्दा बढी भएको चीनको स्वास्थ्य विभागले जनाएको छ।चाइनिज सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन ‘सीसीडीसी’ को अध्ययनले हालसम्म कोरोना नियन्त्रणमा खटेका ३ हजार १९ चिकित्सक पनि बिरामी परेको उल्लेख गरेको छ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस