यी नाै देश जसले कोराेनालाई रोक्न सफल भए
चीनबाट प्रकोपको रूपमा सुरु भएको नोवल कोरोना भाइरसबाट विश्वका ३० देश प्रभावित भएको छ । चीनमा मात्रै ७४ हजार भन्दा बढी व्यक्तिमा भाइरसको सङ्क्रमण पाइएको छ जस मध्ये २ हजार भन्दा बढीले जीवन नै गुमाउनु परेको छ । चीन बाहेक जापानमा सबै भन्दा बढी भाइरसबाट सङ्क्रमित भएका छन् । हंङकङमा कोरोनाले २ जनाको ज्यान लिई सकेको छ भने जापान, ताइवान फिलिपिन्स, र फ्रान्समा १- १ जनाको ज्यान गई सकेको छ ।
हाल सम्म ३० देशमा कोरोना भाइरसको सङ्क्रमण देखिए पनि यी ९ देशले भने कोरोना भाइरसको प्रकोप रोक्न सफल भएका छन् । कोरोना बाट सबै भन्दा पहिले चीन बाट बाहिर फिलिपिन्समा एक जनाको ज्यान गएको थियो। तीन जनामा कोरोनाको सङ्क्रमण देखिएकोमा १ जनाको मृत्यु भएको छ भने बाँकी २ जना ठिक भएर घर फर्किसकेका छन् । यस्तै गरी भारतमा तीन जनामा सङ्क्रमण देखिएकोमा सबै बिरामी ठिक भएको बताइएको छ । यसै गरी २- २ जनाको सङ्क्रमण भएको रसिया र स्पेनका सबै बिरामी ठिक भएर घर फर्किसकेका छन् । यस बाहेक बेल्जियम फिनल्यान्ड, नेपाल, कम्बोडीया र श्रीलङ्का मा एक एक जनामा सङ्क्रमण देखिए पनि हाल सबै जना स्वस्थ्य भइसकेका छन् ।
यसरी पछिल्लो समय चीनले कोरोना भाइरसबाट बाहिर आउन निक्कै ठुलो प्रयास गरिरहेको छ भने अन्य देशले समेत यसको प्रकोप फैलन नदिन सक्दो प्रयास गरी रहेका छन् । यसैको परिणाम स्वरूप ३० देशमा फैलिएको भाइरसको सङ्क्रमण अहिले २१ देशमा मात्र रहेको छ। भने पछिल्लो हप्ता चीनमा सङ्क्रमणको दर पनि घटेको पाइन्छ ।
पछिल्लो आँकडा अनुसार बुहानमा कोरोना भाइरसको प्रकोपबाट मर्ने बिरामीको दर ४.९ प्रतिशत रहेको छ भने हुवेई प्रान्तमा ३.१ प्रतिशत रहेको छ । चीनको समग्र करोनाभाइरसको मृत्यु दर भने २.१ प्रतिशत रहेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस