• जीवनशैली | Jiwanshaili
  • कोभिड-१९ ले लियो २,१२५ जनाको ज्यान, बुधबार ११६ को मृत्यु


    चीनबाट सुरु भएको प्राण घातक नोवल कोरोना भाइरसका कारण २,१२५ जनाको ज्यान गएको छ। बुधबार ११६ जनाको मृत्यु भए पछि कोभिड-१९ का कारण ज्यान जानेको संख्या २ हजार १ सय नाघेको हो । कोरोना भाइरसका कारण संक्रमितको संख्या ७५,६९६ पुगेको छ । जस मध्ये १६,३४२ जना विरामी उपचार पछि घर फर्कि सकेका छन् । उपचाररत मध्ये १२ हजार ६४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ ।

    कोराेना घोषणा गरेका २ घण्टामै इरानमा २ को मृत्यु

    इरानमा कोरोना भाइरसका कारण २ जनाको मृत्यु भएको छ। ईरानको कुम शहरमा कोरोनाभाइरसका कारण २ व्यक्तिको ज्यान गएको हो । इरानले आफ्नो देशमा पनि कोरोनाको संक्रमण रहेको घोषणा गरेको २ घण्टामानै २ ब्यक्तिको ज्यान गएको बताएको हो । दुई व्यक्तिको सकारात्मक परीक्षण गरेपछि दुई इरानीहरूले ज्यान गुमाएका शहरका मेडिकल साइन्स विश्वविद्यालयका प्रमुखले बुधबार बताए।

    इरानको स्वास्थ्य मन्त्रालयका प्रवक्ता किनुश जहांपुरले समेत २ व्यक्तिको मृत्यु भएको ट्विटरमा पुष्टि गरे।स्वास्थ्य मन्त्रालयले भनेका थिए कि बिरामीहरूलाई अलग्गै राखिएको थियो। तर ती नागरीक कहाँका हुन भन्ने विषयमा भने हाल सम्म केहि खुलाएको छैन ।

    यी नाै देश जसले कोराेनालाई रोक्न सफल भए

    हाल सम्म ३० देशमा कोरोना भाइरसको सङ्क्रमण देखिए पनि यी ९ देशले भने कोरोना भाइरसको प्रकोप रोक्न सफल भएका छन् । कोरोना बाट सबै भन्दा पहिले चीन बाट बाहिर फिलिपिन्समा एक जनाको ज्यान गएको थियो। तीन जनामा कोरोनाको सङ्क्रमण देखिएकोमा १ जनाको मृत्यु भएको छ भने बाँकी २ जना ठिक भएर घर फर्किसकेका छन् । यस्तै गरी भारतमा तीन जनामा सङ्क्रमण देखिएकोमा सबै बिरामी ठिक भएको बताइएको छ । यसै गरी २- २ जनाको सङ्क्रमण भएको रसिया र स्पेनका सबै बिरामी ठिक भएर घर फर्किसकेका छन् । यस बाहेक बेल्जियम फिनल्यान्ड, नेपाल, कम्बोडीया र श्रीलङ्का मा एक एक जनामा सङ्क्रमण देखिए पनि हाल सबै जना स्वस्थ्य भइसकेका छन् ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस