कोभिड-१९का कारण २,२४७ जनाको ज्यान गयाे, बिहिबारमात्रै १२२ को मृत्यु
चीनबाट सुरु भएको प्राण घातक नोवल कोरोना भाइरसका कारण २,२४७ जनाको ज्यान गएको छ। बुधबार १२२ जनाको मृत्यु भए पछि कोभिड-१९ का कारण ज्यान जानेको संख्या २ हजार २ सय नाघेको हो । कोरोना भाइरसका कारण संक्रमितको संख्या ७६,७२२ पुगेको छ । जस मध्ये १८,५२४ जना विरामी उपचार पछि घर फर्कि सकेका छन् । हुवेईमा मात्रै हिजो बिहिबार ११५ जनाले ज्यान गुमाएका छन् । काेराेनाकाे उद्गमस्थल यहाँ अहिले सम्म २१४४ जना काे मृत्यु भइसकेकाे छ । नयाँ ब्यक्तिमा कोरोनाको संक्रमण पाईएको हो ।
चीन बाहिर ११ काे मृत्यु
काेराेना भाइरसका कारण चीन बाहेकका मुलुकमा ११ जनाको ज्यान गएको छ । अन्य मुलुक हरूमा जापानमा तीन जना ,इरानमा २ जना, हंङकङमा २ जना, फिफिपिन्स, ताइवान,फ्रान्स र दक्षिण काेरियामा १-१ जनाको मृत्यु भएको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस