कोरोना भाइरस: वुहानमा करिब चार हजार शैयाको नयाँ अस्पताल बन्दै

चीनको कोरोनाभाइरस प्रकोपको केन्द्रबिन्दु वुहानमा रहेको एउटा कारखानालाई करिब चार हजार शैयाको अस्पतालको स्वरूप दिई सङ्क्रमितहरूलाई सेवा दिन लागिएको चीनले शुक्रबार जानकारी गराएको छ । कूल तीन हजार ६९० सीट क्षमताको उक्त अस्पतालको निर्माण पूरा भै बिहीबार परीक्षण भैसकेको निर्माणमा सम्लग्न एक कम्पनीले बताएको छ । अस्पताल ५४ हजार वर्ग किलोमिटरमा फैलिएको छ । कम्पनीका प्रमुख लि यिछानले कारखानालाई अस्पतालको स्वरूप दिँदा अस्पताललाई वातानुकूलित, बनाइएको छ । अस्पतालमा नुहाउने कोठाहरू र मोबाइल शौचालय, पुस्तकालय, मनोरञ्जन क्षेत्र र बिरामीहरूका लागि खाजाघर राखिएका छन् । कोरोनाभाइरसको प्रकोपबीचमा शैयाको अभावपछि वुहानले जिम, सम्मेलन केन्द्र वा प्रदर्शनी केन्द्रहरूलाई १२ वटा अस्थायी अस्पतालमा रूपान्तरण गरिसकेका छ । ती अस्पलालहरूको कूल २० हजार शैयाबाट प्रायः कोरोना भाइरसको सङ्क्रमणको आशङ्कामा त्यहाँ पुगेका बिरामीहरूलाई सेवा दिइदै आएको छ । –––
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस