• जीवनशैली | Jiwanshaili
  • काेराेना कहरः शुक्रबार ११३ जनाकाे ज्यान गयाे,चीन बाहिर १५ को मृत्यु


    चीनबाट सुरु भएको प्राण घातक नोवल कोरोना भाइरसका कारण २,३६० जनाको ज्यान गएको छ। शुक्रबार ११३ जनाको मृत्यु भए पछि कोभिड-१९ का कारण ज्यान जानेको संख्या २ हजार ३ सय ६० पुगेको हो । कोरोना भाइरसका कारण संक्रमितको संख्या ७७,६७२ पुगेको छ । जस मध्ये २०,८९५ जना विरामी उपचार पछि घर फर्कि सकेका छन् ।

    इटलीमा एकको मृत्यु
    कोरोनाका कारण इटलीमा एक जनाको ज्यान गएको छ । दश दिन अघि उनी अस्पताल भर्ना भएका थिए । त्यस पछि मात्रै उनलाई कोरोना भाइरसको संक्रमण देखिएको बताइएको हो । उपचारको क्रममा उनलाई कोरोना भाइरसको संक्रमण देखिएको बताईएको छ । उनको शुक्रबार मृत्यु भएको इटलीले बताएको छ । मृत्यु हुनेमा ७७ बर्षीय बृद्धा रहेको बताइएको छ । इटलीको पौद्धा शहरमा उनको मृत्यु भएको हो ।
    फेरि अर्को डाक्टरको ज्यान लियो

    कोरोनाले चीनमा फेरि अर्को डाक्टरको ज्यान लिएको छ । चीनको वुहान प्रान्तको वुहान रेडक्रस सोसाइटी अस्पतालमा कार्यरत एक डाक्टरको ज्यान गएको अस्पताल द्वारा जारी प्रेस विज्ञप्तीमा जनाइएको चिनियाँ संचार माध्यमले बताएको छ । मृत्यु हुनेमा नोवल कोरोना भाइरस बिरुद्ध अग्रपङ्तीमा रहेर कार्यरत रहेका पचास वर्षीय छियाओ जुन रहेको अस्पतालले बताएको छ । उनको कोभिड(१९ का कारण गत फरवरी ८ मा ज्यान गएको शुक्रबार अस्पताल द्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
    कोरोनासँग लड्न आफ्नो बिहे सारेका युवा डाक्टरको निधन
    चीनमा कोरोनासंग लड्न आफ्नो बिहे सारेका एक युवा डाक्टरको निधन भएको छ ।कोरोना भाइरसको प्रकोपकै कारण बिवाह सारेका पेङ यिन्हुवाको बिहीबार निधन भएको हो ।वुहानमा कार्यरत २९ वर्षीय यिन्हुवाको निधन भएको चिनियाँ संचारमाध्यमले बताएका छन् । उनले कोरोना भाइरसको उपचारमा अग्रपङ्तीमा रहेर काम गरिरहेका थिए । कोविड( १९ को बिरूद्ध लडिरहेको बेला पेन भाइरसबाट संक्रमित भएका थिए र उपचारको लागि २५ जनवरीमा अस्पतालमा भर्ना गरिएको थियो।

    इरानमा मर्नेको संख्या चार पुग्यो

    कोरोना भाइरसका कारण इरानमा मर्नेको संख्या चार पुगेको छ । बिहिबार सम्म पाँच जनामा संक्रमण देखिएको इरानमा आज थप १३ जना मा संक्रमण भएको पुष्टि भएको हो । संक्रमित मध्ये आज शुक्रबार थप दुई जनाको ज्यान गएको इरानको स्वास्थ्य मन्त्रालयले बताएको छ । यस अघि इरानमा कोरोना भाइरसका कारण दुइ जनाको ज्यान गइसकेको थियो। याे संगै इरानमा काेराेना भाइरसका कारण मर्नेकाे संख्या चार पुगेकाे हाे ।

    चीन बाहिर १५ को मृत्यु

    कोरोना भाइरसका कारण चीन बाहेकका मुलुकमा ११ जनाको ज्यान गएको छ । अन्य मुलुक हरूमा जापानमा तीन जना ,इरानमा ४ जना, दक्षिण कोरियामा तीन जना, हंङकङमा २ जना, फिफिपिन्स, ताइवान,फ्रान्स र इटलीमा मा १-१ जनाको मृत्यु भएको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस