• जीवनशैली | Jiwanshaili
  • कोरोना अपडेट: इरान र इटलीमा तीन सहित शनिबार ९९ काे ज्यान गयाे


    चीनबाट सुरु भएको प्राण घातक नोवल कोरोना भाइरसका कारण २,४५९ जनाको ज्यान गएको छ। शनिबार ९९ जनाको मृत्यु भए पछि कोभिड-१९ का कारण ज्यान जानेको संख्या २ हजार ४ सय ५९ पुगेको हो । कोरोना भाइरसका कारण संक्रमितको संख्या ७८,६६९ पुगेको छ । जस मध्ये २२,९९८ जना विरामी उपचार पछि घर फर्कि सकेका छन् ।
    इरानमा मर्नेको संख्या ६ पुग्यो

    कोरोना भाइरसका कारण इरानमा मर्नेको संख्या ६ पुगेको छ । शुक्रबार सम्म १८ जनामा संक्रमण देखिएको इरानमा आज थप ११ जना मा संक्रमण भएको पुष्टि भएको हो । संक्रमित मध्ये शनिबार थप दुई जनाको ज्यान गएको इरानको स्वास्थ्य मन्त्रालयले बताएको छ । यस अघि इरानमा कोरोना भाइरसका कारण चार जनाको ज्यान गइसकेको थियो। यो संगै इरानमा कोरोना भाइरसका कारण मर्नेको संख्या ६ पुगेको छ ।
    इटलीमा थप एकको मृत्यु
    कोरोनाका कारण इटलीमा थप एक जनाको ज्यान गएको छ । कोरानका कारण शुक्रबार ७७ बर्षीय बृद्धाको मृत्यु भएको थियो ।यस्तै शनिबार पनि एक जनाको मृत्यु भएको इटलीले जानकारी दिएको अन्तराष्ट्रिय संचार माध्यमले उल्लेख गरेको छ । इटलीमा थप ५८ जना संक्रमित पहिचान गरीएको छ । यो संगै कोरोना भाइरसका कारण इटलीमा ७९ जना संक्रमित भएका छन् ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस