कोरोना अपडेट: इरान र इटलीमा तीन सहित शनिबार ९९ काे ज्यान गयाे
चीनबाट सुरु भएको प्राण घातक नोवल कोरोना भाइरसका कारण २,४५९ जनाको ज्यान गएको छ। शनिबार ९९ जनाको मृत्यु भए पछि कोभिड-१९ का कारण ज्यान जानेको संख्या २ हजार ४ सय ५९ पुगेको हो । कोरोना भाइरसका कारण संक्रमितको संख्या ७८,६६९ पुगेको छ । जस मध्ये २२,९९८ जना विरामी उपचार पछि घर फर्कि सकेका छन् ।
इरानमा मर्नेको संख्या ६ पुग्यो
कोरोना भाइरसका कारण इरानमा मर्नेको संख्या ६ पुगेको छ । शुक्रबार सम्म १८ जनामा संक्रमण देखिएको इरानमा आज थप ११ जना मा संक्रमण भएको पुष्टि भएको हो । संक्रमित मध्ये शनिबार थप दुई जनाको ज्यान गएको इरानको स्वास्थ्य मन्त्रालयले बताएको छ । यस अघि इरानमा कोरोना भाइरसका कारण चार जनाको ज्यान गइसकेको थियो। यो संगै इरानमा कोरोना भाइरसका कारण मर्नेको संख्या ६ पुगेको छ ।
इटलीमा थप एकको मृत्यु
कोरोनाका कारण इटलीमा थप एक जनाको ज्यान गएको छ । कोरानका कारण शुक्रबार ७७ बर्षीय बृद्धाको मृत्यु भएको थियो ।यस्तै शनिबार पनि एक जनाको मृत्यु भएको इटलीले जानकारी दिएको अन्तराष्ट्रिय संचार माध्यमले उल्लेख गरेको छ । इटलीमा थप ५८ जना संक्रमित पहिचान गरीएको छ । यो संगै कोरोना भाइरसका कारण इटलीमा ७९ जना संक्रमित भएका छन् ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस