• जीवनशैली | Jiwanshaili
  • चीन बाहेकका ३२ देशमा १,८२१ जनामा कारोना, २० को मृत्यु


    चीनबाट प्रकोपको रूपमा सुरु भएको नोवल कोरोना भाइरसबाट विश्वका ३३ देश प्रभावित भएको छ । चीनमा मात्रै ७६ हजार ९३६ जना व्यक्तिमा काेराेना भाइरसको सङ्क्रमण पाइएको छ जस मध्ये २ हजार ४४२ जनाले जीवन नै गुमाउनु परेको छ । चीन बाहेकका ३२ देशमा काेराेनाकाे संक्रमण फैलिएकाे छ । जापानमा सबै भन्दा बढी भाइरसबाट सङ्क्रमित भएका छन् । जापानकाे डायमण्ड प्रिन्समा मात्रै ६३४ जनामा भाइरसकाे संक्रमण देखिएकाे छ । जापानकाे अन्य भागमा १३५ जनामा काेराेना भाइरस सकारात्मक देखिएकाे हाे । यस्तै सिंगापुरमा ८९ जनामा, इटलीमा ७९ जनामा, हंङकङमा ७० जनामा, थाइल्याण्ड र युएसएमा ३५-३५ जनामा काेराेना भाइरस सकारात्मक देखिएकाे छ । यस्तै इरानमा २९ जना, ताइवानमा २६, अष्ट्रेलिया र मलेसियामा २२ २२ जनामा, जर्मनी र भियतनाममा १६-१६ जनामा संक्रमण देखिएकाे छ । यस्तै पछिल्लाे विवरण अनुसार युएइमा १३ जनामा फ्रान्समा १२ जनामा , मकाउमा १० जनामा संक्रमण देखिएकाे हाे । यस्तै क्यानडा र युके मा ९-९ जना, फिलिपिन्स, र भारतमा ३-३ जना रसिया र स्पेनमा २-२ जनामा भाइरसकाे संक्रमण देखिएकाे पुष्टि भएकाे छ । यस बाहेक बेल्जियम, फिनल्यान्ड, नेपाल, कम्बोडीया, श्रीलङ्का , इजिप्ट, इजरायल , लेवनान, इराक र स्विडेनमा १-१ जनामा काेराेना भाइरसकाे संक्रमण देखिएकाे थियाे ।

    चीन बाहेकका मुलुकमा २० जनाको मृत्यु

    कोरोना भाइरसका कारण चीन बाहेकका मुलुकमा २० जनाको ज्यान गएको छ । अन्य मुलुक हरूमा जापानमा तीन जना ,इरानमा ६ जना, दक्षिण कोरियामा ४ जना, हंङकङ र इटलीमा मा २-२ जना, फिलिपिन्स, ताइवान,फ्रान्स १-१ जनाको मृत्यु भएको छ ।

    कोरोना भाइरसको प्रकोप रोक्न सफल ९ देश

    हाल सम्म ३३ देशमा कोरोना भाइरसको सङ्क्रमण देखिए पनि यी ९ देशले भने कोरोना भाइरसको प्रकोप रोक्न सफल भएका छन् । कोरोना बाट सबै भन्दा पहिले चीन बाट बाहिर फिलिपिन्समा एक जनाको ज्यान गएको थियो। तीन जनामा कोरोनाको सङ्क्रमण देखिएकोमा १ जनाको मृत्यु भएको छ भने बाँकी २ जना ठिक भएर घर फर्किसकेका छन् । यस्तै गरी भारतमा तीन जनामा सङ्क्रमण देखिएकोमा सबै बिरामी ठिक भएको बताइएको छ । यसै गरी २- २ जनाको सङ्क्रमण भएको रसिया र स्पेनका सबै बिरामी ठिक भएर घर फर्किसकेका छन् । यस बाहेक बेल्जियम फिनल्यान्ड, नेपाल, कम्बोडीया र श्रीलङ्का मा एक एक जनामा सङ्क्रमण देखिए पनि हाल सबै जना स्वस्थ्य भइसकेका छन् ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस