• जीवनशैली | Jiwanshaili
  • चीनमा काेराेनाकाे कहर :थप १५१ जनाको मृत्यु


    चीनबाट सुरु भएको प्राण घातक नोवल कोरोना भाइरसका कारण २,६१९ जनाको ज्यान गएको छ।आईतबार १५१ जनाको मृत्यु भए पछि कोभिड-१९ का कारण ज्यान जानेको संख्या २ हजार ६ सय १९ पुगेको हो । कोरोना भाइरसका कारण संक्रमितको संख्या ७९,५६१ पुगेको छ । जस मध्ये २५,०५१ जना विरामी उपचार पछि घर फर्कि सकेका छन् ।

    चीन बाहिर मात्रै आठ जनाको मृत्यु
    कोरोना भाइरसका कारण चीन बाहेकका मुलुक आइतबार मात्रै ८ जनाको ज्यान गएको छ । जापानको समुद्री तटमा रहेको डायमन्ड प्रिन्समा थप एक जना विरामीको मृत्यु भएको जापानले बताएको छ । यो संगै डायमन्ड प्रिन्समा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या तीन पुगको छ । यस्तै इरानमा आईतबार थप २ जनाको मृत्यु भएको इरानी स्वास्थ्य मन्त्रालयले बताएको छ । यद्दपी त्याँहाका संचारमाध्यमले १८ जनाको ज्यान गएको अनौपचारीक जानकारी दिईसकेको छ । यस्तै दक्षिण कोरियामा थप ४ जना, इटलीमा १ जनाको मृत्यु भएको छ ।

    कोरोना भाइरसका कारण चीनमा थप दुई डाक्टरको मृत्यु
    २ हजार पाँच सयको ज्यान गइसकेको नोवल कोरोना भाइरसका कारण चीनमा
    थप दुई डाक्टरको निधन भएको छ। आईतबार चीनको सिआओगन केन्द्रिय अस्पतालमा कार्यरत एक डाक्टरको निधन भएको हो ।मृत्यु हुुनेमा ४२ बर्षीय हुवाङ बेन्जु रहेका बताइएको छ । सिआओगन चीनको वुहान प्रान्त भन्दा ६० किलोमिटर उत्तर पश्चिममा रहेको शहर हो ।यस्तै काेराेना भाइरसकै कारण चीनकाे हेईनान प्रान्तमा ५५ बर्षीय डाक्टटर डु सिङसाङकाेे समेत निधन भएकाे छ ।यस अघि आईतबारनै अर्का २९ बर्षीय एक डाक्टरको कोरोना भाइरसकै कारण निधन भएको थियो ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस