अस्ट्रेलियाले कोरोना भाइरस विरुद्धको भ्याक्सीन निर्माण गरेकाे दावी

अस्ट्रेलियामा कोरोना भाइरसको भ्याक्सीन निर्माण भएको दावी गरेका छन् । युनिभर्सिटी अफ क्विन्सल्यान्डका वैज्ञानिकको टोलीले ६ साता लगाएर भ्याक्सिन निर्माण गरेको बताएको हो । कोरोना भाइरस विरुद्ध भनिएको यो भ्याक्सिनको यसै साताभित्रमा जनावरमा परीक्षण गरिने भएको छ ।
विश्वमा महामारीका रुपमा फैलिरहेको भाइरसको अहिलेसम्म उपचार फेला परिनसकेको अवस्थामा अस्ट्रेलियाका वैज्ञानिकले विकास गरेको यो भ्याक्सिन परीक्षण सफल भए ठूलो उपलब्धि हुने युनिभर्सिटी अफ क्विन्सल्यान्डले जनाएको छ।
मुख्य अनुसन्धानकर्ता तथा विश्वविद्यालयको रसायनशास्त्र तथा मोलेक्युलर बायोसाइन्सका प्रमुख पउल योङ्गले २० जना वैज्ञानिकको टोलीले यस काममा अहोरात्र खटेपछि सफलता हात लागेको बताएको छ । ‘मुख्य काम नै जनावरमा परिक्षण गर्नुभन्दा पहिले भ्याक्सिनको निर्माण गर्नु थियो र यसै साता यस भ्याक्सिनको परीक्षण जनावरमा गरिनेछ,’ योङ्गले भने।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस