कोरोना संक्रमित ९ वर्ष भन्दा कम उमेरका बच्चा सुरक्षित
विश्वका ३६ राष्ट्रमा फैलिएको नोवल कोरोना भाइरसबाट हजारौँले ज्यान गुमाउनु परेको छ । चीनबाट सुरु भएको यो भाइरसको सङ्क्रमण बढ्दो छ । काेराेना भाइरसबाट १० जना भन्दा बढी चिकित्सककै ज्यान गई सकेको छ । सबैमा महामारीको पिडा एवम् त्रास फैलिरहँदा एउटा राम्रो तथ्य बाहिर आएको छ । यो के छ भने यो भाइरसबाट हजारौँ व्यक्तिको ज्यान गई रहँदा ९ वर्ष भन्दा कम उमेर समूहका बालबालिकाहरू भने एक जना पनि हताहत भएको छैन ।
फरवरि ११ सम्मको डाटाको अध्ययन गर्ने हो भने सबै भन्दा बढी ८० वर्ष भन्दा माथिका सङ्क्रमित मध्ये १४.८ प्रतिशत व्यक्तिको यो भाइरसका कारण ज्यान गएको छ । यस्तै जति कम उमेर समूह त्यति नै कम मृत्युदर रहेको पाइएको छ । जस अन्तर्गत ७० देखि ७९ उमेर समूहका ८ प्रतिशतको ज्यान गएको छ भने ६० देखि ६९ सम्मका ३.६ प्रतिशत सङ्क्रमितको ज्यान गएको तथ्य खुलेको छ ।
यस्तै ५० देखि ५९ वर्ष उमेर समूहको मृत्युदर १.३ प्रतिशत रहेको छ भने ४० देखि ४९ वर्ष उमेर समूहका ०.४ प्रतिशत , ३० देखि ३९ वर्ष उमेर समूह, २० देखि २९ वर्ष उमेर समूह र १० देखि १९ वर्ष उमेर समूहका ०.२ प्रतिशत सङ्क्रमितको ज्यान गएको उल्लेख छ ।जसमा सो उमेर भन्दा कम ० वर्ष देखि ९ वर्ष उमेर समूहका मृत्युदर नभएको बताइएको छ ।
यसरी हेर्दा कोरोना भाइरसबाट बालबालिका भन्दा पनि वृद्ध बृद्धा बढी जोखिममा रहेको पाइएको हो । याे ७२,३१४ केशकाे अध्ययनबाट फेला परेकाे चाइनिज जर्नल अफ इपिडिमियाेलिजिले उल्लेख गरेकाे छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक



प्रतिक्रिया दिनुहोस