काेभिड-१९ः दक्षिण कोरीया र जापानमा थप दुइको ज्यान गयो
दक्षिण कोरीया र जापानमा थप एक एक जनाको ज्यान गएको छ । सोमबार सम्म दक्षिण कोरीयामा यस भाइरसका कारण ८ जनाले ज्यान गुमाएका थिए र आज थप एक जनाको ज्यान गएकाे दक्षिण काेरीयाली संचारमाध्यम याेन्हयापले बताएकाे छ । याे संगै कोरोना भाइरसका कारण दक्षिण कोरीयामा ज्यान गुमाउनेको संख्या ९ पुगेको हो ।
संक्रमित हुनेका संख्या ८सय ९३ पुगेको छ । सोमबार मात्रै ६० जना संक्रमित विरामी थपिएका छन् । यस्तै २२ जना विरामी निको भएर घर फर्किसकेका छन् भने ६ जना विरामी गम्भीर रहेको बताईएको छ ।
यसै गरी जापानकाे याेकाेहमामा रहेकाे जहाजमा रहेकाे विरामी मध्ये एक जनाकाे पनि ज्यान गएकाे जापानी संचारमाध्यमले बताएका छन् । मृत्यु हुनेमा ८० वर्षीय बृद्द रहेकाे बताइएकाे छ। यस अघि डायमण्ड प्रिन्समा तीन जनाकाे मृत्यु भइसकेकाे छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस