थप चार देशमा थपियाे कोरोना भाइरसको सङ्क्रमण
कोरोना भाइरसको सङ्क्रमण फैलने क्रम जारी रहेको छ । विश्वव्यापी सङ्कट निम्तिएको नोवल कोरोना भाइरस को सङ्क्रमण थप चार देशमा फैलिएको छ । अल्वानीयाले आफ्नो देशमा पनि कोेरोना भाइरस सङ्क्रमणका बिरामी भेटिएको बताएको छ । फेब्रुअरी १७ तारिखमा इटालीबाट अल्बानिया आएका एक इटालियनमा कोरोना भाइरसको सङ्क्रमण देखिएको बताएको छ ।
यस्तै अल्जेरियाले पनि पहिलो कोरोना भाइरस सङ्क्रमित भेटिएको बताएको छ । इटालीबाट अल्जेरिया आएका एक व्यक्तिमा कोरोनाको सङ्क्रमण देखिएको अल्जेरियन स्वास्थ्य मन्त्री मोहम्मद मिरावइले बताएका छन् ।
यसै गरी रोमानियामा पनि कोरोना भाइरस सङ्क्रमित भेटिएको बताएको छ । इटालीबाट तीन हप्ता अघि रोमानिया आएका एक व्यक्तिमा कोरोनाको सङ्क्रमण देखिएको छ ।
यस्तै स्विजरल्याण्डकोे दक्षिण भागमा एक व्यक्तिलाई कोरोना भाइरसको सङ्क्रमण देखिएको बताएको छ । यो क्षेत्र इटलीको सीमा नजिक पर्छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस