थप चार देशमा थपियाे कोरोना भाइरसको सङ्क्रमण

कोरोना भाइरसको सङ्क्रमण फैलने क्रम जारी रहेको छ । विश्वव्यापी सङ्कट निम्तिएको नोवल कोरोना भाइरस को सङ्क्रमण थप चार देशमा फैलिएको छ । अल्वानीयाले आफ्नो देशमा पनि कोेरोना भाइरस सङ्क्रमणका बिरामी भेटिएको बताएको छ । फेब्रुअरी १७ तारिखमा इटालीबाट अल्बानिया आएका एक इटालियनमा कोरोना भाइरसको सङ्क्रमण देखिएको बताएको छ ।
यस्तै अल्जेरियाले पनि पहिलो कोरोना भाइरस सङ्क्रमित भेटिएको बताएको छ । इटालीबाट अल्जेरिया आएका एक व्यक्तिमा कोरोनाको सङ्क्रमण देखिएको अल्जेरियन स्वास्थ्य मन्त्री मोहम्मद मिरावइले बताएका छन् ।
यसै गरी रोमानियामा पनि कोरोना भाइरस सङ्क्रमित भेटिएको बताएको छ । इटालीबाट तीन हप्ता अघि रोमानिया आएका एक व्यक्तिमा कोरोनाको सङ्क्रमण देखिएको छ ।
यस्तै स्विजरल्याण्डकोे दक्षिण भागमा एक व्यक्तिलाई कोरोना भाइरसको सङ्क्रमण देखिएको बताएको छ । यो क्षेत्र इटलीको सीमा नजिक पर्छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस