काेराेनाले लियाे २७ सय भन्दा बढीकाे ज्यान, ४१ देशमा संक्रमण
चीनमा फैलिएको नोवल कोरोना भाइरसका कारण मङ्गलवार चीनमा ५२ जनाको मृत्यु भएको छ । यो सँगै चीनमा मात्रै २,७१५ जनाको मृत्यु भएको छ । ४१ ओटा देशमा सङ्क्रमण फैलिसकेको कोरोना भाइरसका कारण चीन बाहिर १२ जनाको मृत्यु भएको छ । इटली र इरानमा ४ -४ जनाको मृत्यु भएको छ भने दक्षिण कोरियामा थप तीन जनाको मृत्यु भएको छ । यस्तै जापानको योकोहमामा रहेको डायमन्ड प्रिन्समा एक जनाको मृत्यु भएको छ । चीनमा मङ्गलवार सम्म ७८ हजार ६४ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । जस मध्ये २९ हजार ७ सय ४५ जना बिरामी अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।
यस्तै दक्षिण कोरियामा १ हजार १ सय ४६ जना व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । जस मध्ये हिजो मात्रै ३१३ जना नयाँ सङ्क्रमित थपिएका हुन् । थप तीन जनाको मृत्यु भएपछि मङ्गलवार सम्म कोरोनाका कारण दक्षिण कोरियामा ११ जनाको ज्यान गई सकेको छ । यस्तै २२ जना बिरामी अस्पतालबाट डिस्चार्ज भएको कोरियन सञ्चार माध्यमले बताएको छ । यस्तै इटलीमा मङ्गलवार थप चार जनाको मृत्यु भए पछि महामारीको रूप लिएको कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको छ। हिजो मङ्गलवार इटलीमा थप ९४ जनामा सङ्क्रमण भेटिएको हो ।
यस्तै इरानमा मङ्गलवार सम्म १६ जनाले ज्यान गुमाइसकेका छन् । मङ्गलवार ४ जनाको ज्यान गएपछि कोरोना भाइरसका कारण मृत्यु हुनेका सङ्ख्या ६ पुगेको हो । मंगलमात्रै इरानमा ३४ जना नयाँ सङ्क्रमितको पहिचान गरिएको हो ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस