मानव वस्ती भएका ६ वटै महादेशमा पुग्याे काेराेनाकाे संक्रमण

एसिया बाट सुरु भएको कोरोना भाइरसको संक्रमण ल्याटिन अमेरिका सम्म पुगेको छ । विश्व व्यापी खतराको घण्टी बजिसकेको महामारी बाट २ हजार सात सय भन्दा बढीको ज्यान नै गईसकेको छ भने विश्वका ६ महादिपमा फैलिसकेको छ । एसिया बाहेक युरोप, अफ्रिका, उत्तर अमेरिका, अष्ट्रेलिया र दक्षिण अमेरिका मा समेत यो भाइरसको संक्रमण देखिएको छ ।
एसियाका २४ राष्ट्रमा कोरोना
चीनबाट सुरु भएको एसियाका २४ राष्ट्रमा कोरोना भाइरसको संक्रमण देखिएको छ । चीनमा सबै भन्दा बढि ७८ हजार ७३ जना ब्यक्तिलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । जस मध्ये २७१५ जनाको मृत्यु भइसकेको छ । यस्तै एसियाकै दक्षिण कोरियामा १ हजार २ सय ब्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ भने १२ जना ब्यक्तिले ज्यान गुमाईसकेका छन् । यस्तै इरानमा १३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा १९ जनाको ज्यान गइसकेको छ । यस्तै जापान र यहाँ रहेको डायमण्ड प्रिन्समा ८ सय ६३ जनामा भाइरसको संक्रमण देखिएको छ भने छ जनाले ज्यान गुमासकेका छन् । हंङकङमा ८५ जनामा संक्रमण भएकोमा २ जनाको मृत्यु भइसकेको छ । ताइवानमा ३२ जनामा संक्रमण पाइएको छ जस मध्ये एक जनाको मृत्यु भएको छ। यसै गरी फिलिपिन्समा ३ जनामा संक्रमण देखिएकोमा १ जनाको ज्यान गएको छ । सिंगापुरमा ९१, थाइल्याण्डमा ४० जनामा, बहराइनमा २६, मलेसियामा २२ जनामा संक्रमण देखिएको छ । कुवेतमा १८, भियतनाम १६, यएइमा १३, मकाउ मा १०, इराकमा ५, ओमानमा ४, भारतमा ३, इजरायलमा २, श्रीलंका, अफगानीस्तान, लेवनान र कम्वोडियामा १- १ जनामा संक्रमण पाईएको हो ।
युरोपका १२ राष्ट्रमा १३ जनाको मृत्यु
कोरोना भाइरसबाट युरोपमा १३ जनाको मृत्यु भएको छ । जस मध्ये इटली ११ जनाको ज्यान गइसकेको छ भने फ्रान्समा २ जनाको मृत्यु भएको छ । युरोपको सबै भन्दा बढी संक्रमण इटालीमा पाइएको छ । ३ सय ५७ जना संक्रमित भएको छ । यसै गरी जर्मनीमा १८ जना , फ्रान्समा १७ जनामा संक्रमण देखिएको छ । यु के मा १३, स्पेनमा १०, अस्ट्रीया, रसिया, क्रोएसियामा २-२ जनामा संक्रमण देखिएको हो । यस्तै स्विजरल्याण्ड, फिनल्याण्ड, स्विडेन र वेल्जीयममा १-१ जनामा कोरोना भाइरसको संक्रमण पाईएको छ ।
उत्तर अमेरिका ६८ जना संक्रमित
कोरोनाको संक्रमण उत्तर अमेरिकामा पनि पुगेको छ । यु एस एमा ५७ जनामा संक्रमित भएका छन् भने क्यानडामा ११ जनामा संक्रमण पाईएको हो ।
अफ्रिकामा न्युन संक्रमण
अफ्रिकामा कोरोनाको संक्रमण न्युन रहेको छ । बुधबार सम्म अफ्रिका महाद्धिपका इजिप्ट र अल्जेरियामा १-१ जनामा मात्रै कोरोना भाइरसको संक्रमण पाईएको छ ।
अष्ट्रेलिया महादेशमा २२ जनामा संक्रमण
कोरोना भाइरसको संक्रमण ओसियाना महाद्धिपमा पनि पुगेको छ । हाल सम्म अष्ट्रेलियामा २२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यस महाद्धिपमा कुनै हताहतीको समाचार छैन् ।
दक्षिण अमेरिकामा पनि पुग्यो
कोरोना भाइरस एसिया युरोप लगाएत पाँच महाद्धिप हुँदै दक्षिण अमेरिकामा समेत पुगेको छ । बुधबार ब्राजिलमा समेत कोरोना भाइरसको संक्रमण भेटिएको हो ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- २ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ३ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ४ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ५ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- ६ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ७ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ८ मह र लसुनबाट हुने फाइदाहरु
प्रतिक्रिया दिनुहोस