कोरोनाकाे महामारी ५० देशमा
कोरोना भाइरसको सङ्क्रमण ५० देशमा फैलिएको छ । दुइदिनमै थप ८ देशमा सङ्क्रमण फैलिएपछि कोरोना भाइरसको सङ्क्रमण ५० देशमा फैलिएको हो । आज बिहीबार डेनमार्क र इष्टोनियामा कोरोना भाइरसको सङ्क्रमण भेटिएको हो । यस अघि बुधवार नर्वे , जर्जिया, स्टोनिया, उत्तर म्यासेडोनिया, ग्रिस र पाकिस्तानमा सङ्क्रमण देखिएको थियो । कोरोना भाइरसबाट बुधवार सम्म २८ जना भन्दा बढीको ज्यान गइसकेको छ ।
दक्षिण कोरियामा एकै दिन ५०५ नयाँ बिरामी
दक्षिण कोरियामा कोराना भाइरसबाट एकै दिन ५०५ जना सङ्क्रमित भएको पुष्टि भएको छ । यो सँगै दक्षिण कोरियामा प्रकोपको रूपमा फैलिएको नोवल कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या १ हजार ७ सात सय ६६ जना पुगेको छ । कोरोना भाइरसबाट दक्षिण कोरियामा दिउसो सम्म १३ जनाको ज्यान गइसकेको छ ।
इरानमा एकै दिन ७ जनाको मृत्यु
इरानमा पछिल्लो दिन कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गएको छ , बिहीबार एकै दिन ७ जनाको ज्यान गएको छ । यो सँगै इरानमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या २६ पुगेको छ । बिहीबार एकै दिनमा इरानमा १०६ जना नयाँ सङ्क्रमित देखिएपछि कोरोना सङ्क्रमितको सङ्ख्या २४५ पुगेको छ ।
इटलीमा ५ सय २४ जना व्यक्तिमा सङ्क्रमण
यसै बिच इटलीमा कोरोना भाइरसबाट ५ सय २४ जना व्यक्ति सङ्क्रमण भएको पाइएको छ । बिहीबार थप २ जना व्यक्तिको ज्यान गएको छ । ५६ जना नयाँ व्यक्तिमा सङ्क्रमण देखिएको छ। इटालीमा कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ ।
जापानमा थप एक जनाको मृत्यु
काेराेना भाइरसका कारण जापानमा थप एक जनाको मृत्यु भएको छ। यो संगै जापानमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ४ पुगेको छ । जापानमा बिहिबार सम्म २ सय ७ जना सक्रमित भएका छन् ।बिहिबार मात्रै जापानमा कोरोना भाइरसका ३५ जना बिरामी थपिएका छन् ।
कोरोना संक्रमित ९ वर्ष भन्दा कम उमेरका बच्चा सुरक्षित
‘कोभिड-१९ का कारण इरानमा ५० व्यक्तिको मृत्यु हल्लामात्रै’
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस