• जीवनशैली | Jiwanshaili
  • कोरोनाको सङ्क्रमण चीन बाहिर तीन गुणाले बढ्यो, बाँकी २४ घण्टामा के के भए?


    कोरोना भाइरसको सङ्क्रमण चीन बाहिर तेब्बरको सङ्ख्याले बढेको छ । बिहीबार चीनमा भन्दा बाहिरका देशमा कोरोना भाइरसको सङ्क्रमण ह्वात्तै बढेको हो । बिहीबार चीन मात्रै ३३० जना नयाँ सङ्क्रमित भेटिएको थियो । तर दक्षिण कोरिया एक्लैमा बिहीबार ५०५ जना नयाँ बिरामी भेटिएका छन् । दक्षिण कोरिया सँगै इटलीमा १८५ ,इरानमा १०६ जना नयाँ सङक्रमित थपिएका छन् । यस्तै जापानमा ३५, सिंगापुर र हंङकङमा ३-३ जना नयाँ बिरामी फेला परेका हुन् ।यस्तै जर्मनीमा २७ कुवेतमा २१ फ्रान्समा २० र स्पेनमा थप १२ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको बताइएको छ । यसरी एकै दिन चीन भन्दा बाहिर धरै सङ्क्रमित देखिएको छ ।

    यसै गरी युएईमा ६ जना युकेमा ३ जनामा कोरोना भाइरसको संक्रमण पाइएको हो । स्विजरल्याण्डमा ७ जना थप संक्रमित भेटिएको कोरोना भाइरस स्विडेनमा ५ , अस्ट्रीया र नर्वेमा ३-३ जना,इराक ओमान र ग्रिसमा थप २-२ जना थपिएका छन् । यस्तै ईजरायल र लेवनानमा पनि एक एक जना संक्रमित थपिएको बताइएको छ ।

    २ हजार ८ सय ५८ जनाको ज्यान गयाे

    कोरोना भाइरसका कारण बिहीबार सम्म २ हजार ८ सय ५८ जनाको ज्यान गएको छ । हिजो कोरोना भाइरसका कारण चीनमामात्रै थप ४३ जनाको ज्यान गएपछि ज्यान जानेको सङ्ख्या २ हजार ८ सय नाघेको हो । चीन बाहेकका देशमा बिहीबार मात्रै १४ जनाको ज्यान गएको छ । अन्य मुलुक हरूमा इरानमा सबै भन्दा बढी सात जना र इटलीमा थप ५ जनाको ज्यान गएको छ । यस्तै दक्षिण कोरिया र जापानमा थप एक एक जनाको मृत्यु भएको छ ।

    चीनमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ७८हजार ८ सय २५ पुगेको छ । बिहीबार थप ३३० जना नयाँ सङ्क्रमित भेटिएको चीनले बताएको छ । यो सँगै चीनमा कोरोना भाइरसका कारण हाल सम्म २ हजार ७ सय ८८ जनाले ज्यान गुमाइसकेका छन् । ३६ हजार १ सय २८ जना सङ्क्रमित निको भएर घर फर्किसकेका छन् ।

    भाइरसको सङ्क्रमण ५३ देशमा

    कोरोना भाइरसको सङ्क्रमण ५३ देशमा फैलिएको छ । दुइदिनमै थप ११ देशमा सङ्क्रमण फैलिएपछि कोरोना भाइरसको सङ्क्रमण ५० देशमा फैलिएको हो । बिहीबार डेनमार्क, सान मारियाे, नाइजेरिया, नेदरल्याण्ड र इष्टोनियामा कोरोना भाइरसको सङ्क्रमण भेटिएको हो । यस अघि बुधवार नर्वे , जर्जिया, स्टोनिया, उत्तर म्यासेडोनिया, ग्रिस र पाकिस्तानमा सङ्क्रमण देखिएको थियो ।


    दक्षिण कोरियामा एकै दिन ५०५ नयाँ बिरामी
    दक्षिण कोरियामा कोराना भाइरसबाट एकै दिन ५०५ जना सङ्क्रमित भएको पुष्टि भएको छ । यो सँगै दक्षिण कोरियामा प्रकोपको रूपमा फैलिएको नोवल कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या १ हजार ७ सात सय ६६ जना पुगेको छ । कोरोना भाइरसबाट दक्षिण कोरियामा दिउसो सम्म १३ जनाको ज्यान गइसकेको छ ।

    थप पाँच देशमा कोरोनाको संक्रमण

    कोरोना भाइरसको सङ्क्रमण बिहिबार थप ५ देशमा फैलिएको छ । याे संगै भाइरसको सङ्क्रमण ५३ देशमा फैलिएको छ । बिहीबार डेनमार्क, सान मारियाे, नाइजेरिया, नेदरल्याण्ड र इष्टोनियामा कोरोना भाइरसको सङ्क्रमण भेटिएको हो ।

    इटलीमा थप पाँच जनाकाे मृत्यु

    काेराेना भाइरसका कारण बिहिबार मात्रै इटलीमा थप ५ जनाको ज्यान गएको छ । बुधबार सम्म १२ जनाकाे मृत्यु भएकाे काेराेनाबाट थप ज्यान गए पछि बिहिबार सम्म काेरानाका कारण ज्यान गुमाउनेकाे संख्या १७ पुगेकाे हाे । बिहिबार थप १८५ जना नयाँ संक्रमित भेटिएकाे छ । याे संगै इटलीमा काेराेना भाइरस संक्रमित बिरामी ६५५ पुगेकाे छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस